• १३ साउन २०८१, आइतबार

‘द कलर्स अफ स्प्रिङ’ लोकार्पण

blog

काठमाडौँ, वैशाख १४ गते । कवि कुमाराज सुवेदीको कविता सङ्ग्रह ‘द कलर्स अफ स्प्रिङ’ बुधबार एक समारोहबीच लोकार्पण भएको छ । 

प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानामगरले कविता सङ्ग्रहको लोकापर्ण गर्दै आफूले पनि एक समयमा कविता लेख्ने गरेको स्मरण गर्दै भन्नुभयो, “लेखक पनि  कुनै बेला मानसिक तनावमा रहनुभएकाले पुस्तक चिकित्सक, शिक्षकलगायतका लागि धेरै महत्वपूर्ण उपहार हुने निश्चत छ ।” 

कवि सुवेदीले आफ्नो विदेश बसाइँको प्रसङ्ग सुनाउँदै पुस्तक आफ्नो श्रीमतीको टीकाको विम्बले प्रभावित भएर लेखेको बताउनुभयो । उहाँले आफूले पुस्तक पाठकलाई रुवाउने हिसाबले नभएर सकारात्मक सोचका साथ हिँड्न प्रेरित गर्ने उद्देश्यले लेखेको स्पष्ट पार्नुभयो । यसअघि उहाँले आफ्ना विद्यार्थी सुन्दर अधिकारीले लेख्नुभएको पुस्तक ‘गैँडाको अन्तरआत्मा’लाई अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो ।  पुस्तक आख्यान भएको र अङ्ग्रेजी नाम ‘द भ्वाइसेज् अफ इनर सोल’ राखिएको सुवेदीले बताउनुभयो ।

कार्यक्रममा डा. कोमल फुयाल, समालोचक महेश पौडेल, साहित्य पोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । साहित्य पोस्ट डट कमले प्रकाशन गरेको यस कविता सङ्ग्रहमा ७७ वटा छोटा कविता समावेश छन् ।