• १३ साउन २०८१, आइतबार

साहित्यिक कार्यक्रम सम्पन्न

blog

काठमाडौँ, वैशाख ११ गते । उपत्यकाका तीनवटै जिल्लामा नेपालभाषाको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको सिकागोमा रहनुभएका साहित्यकार केशरमान ताम्राकारले सामाजिक सञ्जालमार्फत आयोजना गरेको कार्यक्रम वरिष्ठ साहित्यकार मथुरा सायमीको कथासङ्ग्रह ‘चिप–निप’ वरिष्ठ साहित्यकार राजा शाक्यले काठमाडाैँमा विमोचन गर्नुभयो । त्यस्तै सुरज व्यञ्जनकारको मुक्तक सङ्ग्रह ‘सब्बुचा–२’, वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले ललितपुरमा विमोचन गर्नुभयो । त्यसैगरी विराट् नेपालभाषा साहित्य सम्मेलन गुथी भक्तपुरले पनि साहित्यिक सम्मेलनको आयोजना गरेको छ ।