काठमाडौं, वैशाख १० गते। तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन्। विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०७९ कार्यक्रममा सञ्चारकर्मीलाई सम्मान गरिएको हो।
परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मी हेम सुवेदी, सुमन सापकोटा, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुइटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई गीत–संगीत कला पत्रकारिता सम्मान (२०७९’ बाट सम्मान गर्नुभएको हो। उनीहरूलाई दोसल्ला, माला र सम्मानपत्र प्रदान गरियो।
लामो समयदेखि मनोरञ्जन पत्रकारितामार्फत् सञ्चार क्षेत्रबाट देशको भाषा संस्कृति कलाको उत्थान तथा समाज तथा आमपाठकसमक्ष समर्पित रहँदै आएको भन्दै सम्मान गरिएको आयोजक विमेन्स एरा मिडिया ग्रुप नेपालले जनाएको छ।