• १३ असोज २०८१, आइतबार

आगलागी हुँदा घर र धनमाल जलेर नष्ट

blog

आगलागीका कारण नष्ट भएको इनद्र थापाको घर। तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय, पाँचथर

राधा लुइटेल

फिदिम, वैशाख ९ गते। पाँचथरको कुम्मायक गाउँपालिका ३ मा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ।

शनिबार बिहान साढे दश बजे सुरु भएको आगलागीमा पर्दा स्थानीय इन्द्र थापाको घर जलेर नष्ट भएको हो। आगलागीको कारण भने खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगोले घरसहित त्यहाँ भित्र भण्डारण गरिएको धान, मकै, दाल तथा सुनचाँदी र नगद समेत जलेको छ।

घट्नामा १४ लाख ७५ हजार रुपियाँको क्षति भएको विवरण संकलन भएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

आगो नियन्त्रणका लागि स्थानीय प्रहरीले प्रयास गरे पनि सफल नभएको स्थानीयको भनाइ छ। गर्मी बढेसँगै पाँचथरसहित पहाडी जिल्लामा आगलागीका घटना बढ्न थालेका छन्।