• १३ असोज २०८१, आइतबार

एनएसजेएफ झापाको अध्यक्षमा मुखिया

blog

मञ्चका निर्वाचित पदाधिकारीहरु ।

काठमाडौं, वैशाख ९ गते । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा अग्रज पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन हुनुभएको छ । 

बिर्तामोडमा शनिबार भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले मुखियाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चीरञ्जीवि घिमिरे निर्वाचित हुनुभएको छ । सहसचिवमा भूमिका सुब्वा र कोषाध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको छ ।

सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला चुनिनुभएको छ । भगीरथ आले (मामा) नेतृत्वको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेको हो ।