• २ असार २०८१, आइतबार

प्रधानमन्त्रीसहित शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारामा

blog

बारामा आयोजित चुनावी सभामा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता । तस्बिरः प्रदीपराज वन्त

बारा, वैशाख ७ गते । सत्ता गठबन्धनका शीर्ष नेता वैशाख १० गते हुने उपनिर्वाचनको चुनावी सभामा सक्रिय भएका छन् । बुधबार तनहुँ पुगेका शीर्ष नेता आज बारामा आइपुगेका छन् । 

वैशाख १० गते हुन गइरहेको उपचुनावमा बारा क्षेत्र २ मा सत्ता गठबन्धनको तर्फबाट उपेन्द्र यादव उम्मेदवार बन्नुभएको छ। यादवलाई मत माग्न आयोजित चुनावी सभालाई  सम्बोधन गर्न  प्रधानमन्त्री  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’सहितका शीर्ष नेता बारा पुग्नुभएको हो ।