• ८ मंसिर २०८१, शनिबार

धुलो र धुवाँले अधिक प्रदूषण

blog

काठमाडौँ, वैशाख ४ गते । एक सातादेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित बनेको छ । 

काठमाडौँ उपत्यका एक सातादेखि नै प्रदूषण भरिएको खाल्डोमा परिणत भएको छ । विश्वका विभिन्न सहरसँग तुलना गर्दा काठमाडौँ उच्च वायु प्रदूषण भएको सहरमा गनिन थालेको छ । विश्वस्तरमा मापन गरिने वायु प्रदूषणको मापनले पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको उच्च सूचीमा देखिन थालेको हो । वातावरण विभागले पनि काठमाडौँको वायु श्वास फेर्नलायक नरहेको स्वीकार गरेको छ । 

वातावरण निरीक्षक गोविन्द लामिछानेले भन्नुभयो, “पहिले धुलोका कण मात्र हुन्थे । अहिले धुवाँ पनि मिसिएको छ, जुन सहजै रगतमा पुग्न सक्छ । त्यसको मात्रा यहाँको वायुमा उच्च देखिएको छ ।” उहाँका अनुसार सबैभन्दा सानो वायुको कणलाई सूक्ष्म रूपमा हेर्दा त्यसमा आँखाले नदेखिने धुवाँका कणको घनत्व उच्च रहेको छ । सामान्यतः २.५ माइक्रोमिटर र त्यसभन्दा सानो व्यास भएको धुलोका कणलाई पीएम २.५ भनिन्छ । सामान्य मानिसको कपालको रौँको व्यास ७० माइक्रोमिटर हुन्छ । यसरी यस समूहमा पर्ने सबैभन्दा ठूला कणको व्यासभन्दा कपालको रौँको व्यास ३० गुणा ठूलो हुन्छ । यस्ता कण निकै साना हुने भएकाले सजिलैसँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन भने धेरै मसिना कण फोक्सोबाट रगतमा प्रवेश गरी शरीरका विभिन्न अङगमा प्रवेश गर्छन ।

उहाँले भन्नुभयो, “देशव्यापी रूपमा डढेलोको क्रम उच्च बनेको र वर्षा नहुँदा वायुमा तैरिरहेकाले सूक्ष्म कणको घनत्व बढदै जाँदा प्रदूषणको तुवाँलो काठमाडौँको आकाशमा बाक्लिदै गएको छ ।”

दुई वर्षअघि सन २०२१ मा डढेलोले बढाएको वायु प्रदूषणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यस बेला वायुको गुणस्तरको सूचकाङक तीन सयभन्दा माथि पुगेको थियो । अहिले सबैभन्दा बढी प्रदूषण थुप्रिएको काठमाडौँका केही सहरमा त्यो सूचकाङक २५० माथि चढनेतर्फ अग्रसर छ ।आइतबार दिउँसोदेखि भैँसेपाटी क्षेत्रमा त्यही हाराहारीको वायु बहिरहेको छ । त्यसपछि शङखपार्क, रत्नपार्क, खुमलटार, कीर्तिपुर क्षेत्रको वायु अस्वस्थकरबाट अति अस्वस्थकरतिर बढदै छ । लामिछानेले भन्नुभयो, “दिउँसो चल्ने हावाले प्रदूषणमाथि आकाशमा पु¥याउने र डढेलोले नयाँ प्रदूषण भित्र्याउने काम गरिरहेको छ ।”

सन् २०२१ मा डढेलोले बढाएको वायु प्रदूषणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यस बेला वायुको गुणस्तरको सूचकाङ्क तीन सयभन्दा माथि थियो । 

बिहान–बेलुका राम्रो हावा र हल्का वर्षा भएको खण्डमा काठमाडौँको प्रदूषण थोरै भए पनि कम हुने अनुमान विभागका प्रवक्ता शङकरप्रसाद पौडेलले गर्नुभयो । भैँसेपाटीको प्रदूषण थप उच्च हुनुमा बागमती कोरिडोर हुँदै तराई र अन्य जिल्लाको डढेलोको धुवाँ भित्रिनु कारक रहेको उहाँको ठम्याइ छ । 

डढेलो घट्ने सम्भावना छैन

देशव्यापी रूपमा लागिरहेको डढेलोको लहर अझै उच्चस्तरमा पुग्न बाँकी छ । त्यही डढेलोको धुवाँ मिसिएको हावा काठमाडौँमा थुप्रिने क्रम बढेको डढेलोविज्ञ सुन्दर शर्माले बताउनुभयो । मरुभूमि हुँदै आइरहेको सुक्खा पश्चिमी वायु डढेलोमा मिसिएर थप प्रदूषित बनिरहेको दाबी उहाँले गर्नुभयो । 

उहाँका अनुसार हरेक वर्ष चैत–वैशाखको यस समय डढेलोको उच्च जोखिमयुक्त हुन्छ । उहाँका अनुसार एक सातायता गण्डकी, बागमती हुँदै पूर्वी तराईसम्म डढेलोको प्रकोप फैलिएको छ । स्याटेलाइट अध्ययनले देखाएको अवस्थाको विश्लेषण गर्दै शर्माले भन्नुभयो, “तराईका वनमा डढेलोको प्रकोप उत्तिकै छ, हिमालका खोँचसम्म पनि डढेलोले ढाकेको छ । तराईबाट पूर्वतर्फ र गण्डकीबाट मध्यपूर्वतर्फ डढेलोको प्रदूषण बढ्ने क्रम जारी छ ।” 

उहाँका अनुसार गत मङगलबारयता डढेलोको प्रकोप घटन सकेको छैन । मङगलबार ६०२ स्थानमा डढेलो रेकर्ड भयो । त्यसयता कहिले पाँच सय, कहिले चार सय हुँदै फेरि छ सयमाथिको उकालोमा डढेलोको गणना भइरहेको छ । डढेलोको लहर वैशाखको तेस्रो सातामा सबैभन्दा उच्च हुने सम्भावना उहाँले औँल्याउनुभयो ।

सतर्कता अपनाऔँ

वर्षा नहुन्जेल डढेलो फैलने क्रम जारी रहने भएकाले सतर्कता अपनाउनुको विकल्प नरहेको वातावरण विभागले जनाएको छ । धुवाँ, धुलोसहितको वायुका कारण दमका रोगी बढी समस्यामा पर्ने गरेका छन । त्यस्तै मुटु रोगी र अन्य बिरामीको कमजोरी अवस्थाका महिला, बालबालिकामा असर पु¥याउन सक्ने भएकाले पनि बाहिर निस्केर धेरै हिँडडुल नगर्न र निस्कन परेमा सतर्कता अपनाउन विज्ञहरूले सुझाउनुभएको छ । धुवाँ फोक्सोमा पुगेपछि त्यो बाहिर निस्केर सफा हुन निकै समय लाग्छ । 

गत वर्षको वैशाखदेखि चैतसम्म आगलागीमा परेर १०९ जनाले ज्यान गुमाएका छन । त्यस्तै डढेलोमा परेर एक जनाको मृत्यु भएको छ ।