• १३ साउन २०८१, आइतबार

राष्ट्रिय लेखक पुरस्कार काइँलालाई

blog

काठमाडौँ, वैशाख १ गते । नेपाल लेखक सङ्घले राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् वैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको छ। सङ्घले पहिलो पटक प्रदान गर्न लागेको यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको सङ्घले जानकारी दिएको छ। सङ्घले आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउने र सोही अवसरमा पुरस्कार प्रदान गर्ने जनाएको छ। 

विक्रम संवत् १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरेर तत्कालीन श्री ३ भीमशमशेरसमक्ष निवदेन पेस गर्दा श्री ३ बाट हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिनको स्मरण गर्दै सोही दिन राष्ट्रिय लेखक दिवस मनाउन निर्णय भएको सङ्घको विज्ञप्तिमा उल्लेख छ।