• १२ असार २०८१, बुधबार

खनियाबासलाई अन्तरपालिका भलिबल उपाधि

blog

उपाधिसहित खनियाबास टोली । तस्बिर : गोरखापत्र

मुरारी अधिकारी

धादिङ, चैत ३० गते । प्रथम रामबहादुर तामाङ(सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास गाउँपालिकाले जितेको छ ।

खनियाबास गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा रूबीभ्याली गाउँपालिकाले दोस्रो र सिद्दलेक गाउँपालिकाले तेस्रो उपाधि हात पारेको छ । नकआउट आधारमा भएको प्रतियोगितामा प्रथम हुने टीमलाई एक लाख रुपियाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

शोषण दमनको विरोधी आन्दोलनका अभियानकार रामबहादुर तामाङ (सेक्के) को सम्झनामा गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । चैत २७ गतेबाट खनियाबास गाउँपालिका वडा नम्बर ५ को सत्यदेवीमा भएको प्रतियोगितामा धादिङको सात र नुवाकोटको दुई गरी नौ टिमको सहभागिता रहेको थियो ।