• १३ साउन २०८१, आइतबार

सोमबारे साइत पारेर विद्यार्थी खोज्न शिक्षकहरु घर-घरमा

blog

विद्यार्थी भर्ना गर्न शिक्षकको टोली गाउँ पस्ने तयारीमा । तस्बिर : गोरखापत्र

प्रेमराज सिम्खडा 

कालीकोट, चैत २७ गते । कालीकोट जिल्लाको सबै भन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालय परिवारले विद्यार्थी भर्नाका लागि नौलो अभियान थालेको छ ।

पछिल्लो समय अग्रेजी तथा नेपाली माध्यमवाट अध्यान गराईरहेको बडिमालीका माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८० का लागि विद्यार्थी  खोज्न प्रत्येक अभिभावकको घरसम्म जाने अभियान सुरु गरेको छ । 

विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले सोमबारको साइत पारेर प्रचारसँगै घर घरमा पुगेर विद्यार्थी भर्ना अभियान थालिएको जानकारी दिनुभयो ।उहाँले कुनैपनि बालवालिका आफ्नो विद्यालयमा पढ्न पाहुन भनेर अभियान थालेको बताउनुभयो ।


‘‘विद्यालयमा दुई भाषा अग्रेजी र नेपाली पढाई हुने भएकाले चर्को शुल्क तिर्नु अभिावकले नपरोस् भनेर पनि हामी भर्ना अभियान थालेका छौं । बडिमालिका माध्यमिक विद्यालयले शिक्षा क्षेत्रसँगै कृषि प्राविधिक बिषय समेत पढाई रहेको छ । अब आगामी वर्षवाट कृषि वालि विज्ञानतर्फको आईएसिजि विषय थप गर्ने शैक्षिक कार्ययोजना रहेको विद्यालयले जनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपराज शाहीले शैक्षिक गुणस्तर सुधारका लागि कुरा गरेर मात्र नहुने भन्दै अब सबै विद्यालय प्रशासन र हामी समितिका सबै सदस्यले सयुक्त अभियान थालेका हौं,’’ बरालले भन्नुभयो । 

उहाँले आफ्नो पहिलो उद्देश्य कुनैपनि बालवालिका शिक्षबाट बन्चित हुन नपरोस् र आफ्नो विद्यालयमा धेरै भन्दा धेरै विद्यार्थी भर्ना हुन् भन्ने रहेको पनि सुनाउनुभयो । त्यसैले जिल्लाका सञ्चारमाध्यमका साथै गाउँ वस्तीमा घरदैलो गरेको उहाँको भनाई छ । 

गाउँ बस्तीमा पुगेर विद्यालयले थप सेवाका बारेमा जानकारी गराईरहेको छ । लगातार पाँच दिनसम्म सबै वडा र बस्तीमा पुग्ने र त्यसपछि भर्ना सुरु हुने  वैशाख २ गते पछि पनि अभियान जारी राख्ने विद्यालयको योजना छ । बडिमालीका माध्यमिक विद्यालयले यसपटक विद्यार्थीलाई थप आकर्षित गर्न नयाँ शैली अपनाएको हो ।