• ४ असार २०८१, मङ्गलबार

आर्मी र डब्लुडब्लुबिएलाई ह्वीलचेयर बास्केटबल उपाधि

blog

ह्वीलचेयर बास्केटबलमा उपाधि विजेता खेलाडी ।

काठमाडौं, चैत २३ गते । इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलामा ओमेन ह्वीलचेयर बास्केटबल एसोसियसन (डब्लुडब्लुबिए) ले जितेको छ ।

राखेप कभर्डहल कोर्टमा बिहीबार भएको फाइनलमा आर्मीले जावलाखेल ह्वीलचेयर स्पोर्टस् क्लबलाई ४४-३३ अंकले हरायो । बुद्धिसरा इन एक्सन तेस्रो भयो । प्रतियोगितामा आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित हुनुभयो ।


महिलाको फाइनलमा डब्लुडब्लुबिएले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनलाई १९-२ अंकले हरायो । महिलामा रनजी चामलिङ्ग राई मोस्ट भ्यालुएबल खेलाडी बन्नुभयो ।

ह्वीलचेयर स्पोर्टस् एसोसिएसन तेस्रो भयो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमश: ४० हजार, ३० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे । दुई दिने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलामा चार टोलीको सहभागिता रहेको थियो ।