• १३ असोज २०८१, आइतबार

कैलालीका किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

blog

उत्कृष्ट कृषकलाई पुरस्कार हस्तान्तरण गरिदैं। तस्बिर : वीरबहादुर सिंह

अविनाश चौधरी

धनगढी, चैत ८ गते। सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट कैलालीका तीन जना कृषक पुरस्कृत हुनुभएको छ। 

कृषि क्षेत्रमा सक्रिय उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको प्रादेशिक कृषि निर्देशनालयले पुरस्कृत गरेको हो। 

पुरस्कृत हुनेमा धनगढी उपमहानगरपालिका–५ का रामकिसुन चौधरी, लम्कीचुहा नगरपालिका–९ का कृषक खडकबहादुर महतो र घोडाघोडी नगरपालिका–८ का पहलवान देउवा रहनु भएको छ। 

तिनै जनालाई जनही २५ हजार रुपियाँ पुरस्कारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ। बुधबार धनगढीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भट्टले उहाँहरूलाई पुरस्कार हस्तान्तरण गर्नु भएको थियो। 

पुरस्कृत कृषकमध्ये चौधरीले व्यावसायिक तरकारी खेती गरिरहनु भएको छ। यसैगरी, महतोले माछा पालन र देउवाले पोल्ट्री फार्म सञ्चालन गर्नु भएको छ। प्रदेश सरकारले पुरस्कृत गरेपछि थप हौसला मिलेको उहाँहरूको भनाइ छ।