• ८ मंसिर २०८१, शनिबार

जापानको स्वागत समारोहमा उपराष्ट्रपति पुन सहभागी

blog

उपराष्ट्रपति पुन, जापानी राजदूत किकुता युताका र नेपाल र जापानबीच जुआनका अध्यक्ष डा. प्रवीण श्रेष्ठ।

काठमाडौँ, चैत १ गते । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको ६३ औं शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो ।    

नेपाल र जापानबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको  छ  र नेपालको विकास प्रयासमा जापान सरकारको सहयोग उल्लेखनीय रहेको छ ।

समारोहमा राजदूत किकुताले जापान र नेपालबीच लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताउनुभयो । 

समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।