• २५ पुस २०८१, बिहिबार

सुस्मितालाई टेबलटेनिसमा स्वर्ण

blog

टेबलटेनिसमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखप

काठमाडौं, फागुन २६ गते । प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जित्नुभएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७, १३–११ को सेटमा पराजित गर्नुभयो । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु सुवाल तेस्रो हुनुभयो  

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलजेतर्फ नै पुरुष टिम इभेन्टमा लिभरपुलले गोल्डेनगेटलाई ३–१ ले फाइनलमा हराउँदै पहिलो भयो । कोशी बहुमुखी क्याम्पस र धरान मेगा कलेज तेस्रो बन्यो । 

सोही स्पर्धाको महिलामा प्राइम ग्लोबलले ख्वपलाई ३–० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरेको छ । अक्सब्रिज इन्टरनेसनल कलेज र ह्वाइटफिल्ड तेस्रो बनेको छ।

बहिरातर्फ पुरुष सिंगल्समा दिनेश महर्जनले प्रज्ज्वल बस्नेतलाई १०–१२, ३–११, ११–८, ११–९, १२–१० ले पन्छ्याउदै पहिलो हुनुभयो । उक्त स्पर्धाको महिलामा सारदा भुषाल पहिलो हुनुभयो । सारदाले फाइनलमा सुलोचना खरेलमाथि ११–५, ११–३, ११–२ को जित दर्ता गर्नुभयो ।