• २३ पुस २०८१, मङ्गलबार

आयोजक चिशंखुगढीलाई अध्यक्ष कप भलिबल उपाधि

blog

भलिबलमा प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर : गोरखापत्र

शेरबहादुर राई

ओखलढुङ्गा, माघ ४ गते । चिशंखुगढी गाउँपालिकामा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि आयोजकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा रावाबेँसी गाउँपालिका खोटाङलाई हराउँदै चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले उपाधि जितेको हो । 

चिशंखुगढीले रावाबेँसीलाई ३–१ सेटमा हराएको थियो । प्रतियोगितामा मोलुङ गाउँपालिका तेस्रो भयो । ऐसेलुखर्क गाउँपालिका खोटाङले सान्तोना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम भएको आयोजक समेत रहेको चिशंखुगढी गाउँपालिकाले एक लाख ५५ हजार ५५५ रुपियाँसहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार जितेको छ ।

दोस्रो भएको रावाबेँसी खोटाङले एक लाख ११ हजार १११, तेस्रो भएको मोलुङ गाउँपालिकाले ७७ हजार ७७७ र ऐसेलुखर्क खोटाङले सान्त्वना स्वरूप ३३ हजार ३३३ रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ  ।

विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो । यसै अवसरमा राष्ट्रिय खेलाडी भएका गाउँपालिकावासी खेलाडीहरूलाई समेत सम्मान गरिएको अध्यक्ष शर्माले बताउनुभयो । 

खेल क्षेत्र र युवाहरूको विकासका लागि गत वर्षदेखि चिशंखुगढी गाउँपालिकामा अध्यक्ष कप पालिका स्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष शर्माको भनाई छ । प्रतियोगितामासात पालिकाहरूको सहभागिता रहेको थियो ।