• २३ पुस २०८१, मङ्गलबार

स्पोर्ट्स अवार्डलाई एडिडासको साथ

blog

सम्झौता पत्रमा हस्ताक्षर गरिँदै । तस्बिर : एनएसजेएफ

काठमाडौं, फागुन ४ गते । १९औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडासले सहयोग गर्ने भएको छ । नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र नेपाल खेलकुद पत्रकार मञ्चबीच बिहीबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सञ्जीव तुलाधरले हस्ताक्षर गर्नुभयो । दुई पक्षबीच तीन वर्षका लागि सम्झौता भएको बताइएको छ । सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपियाँ बराबरको सामग्री प्रदान गर्नेछ । एडिडासले यसअघि पनि स्पोर्ट्स अवार्डमा सहकार्य गरेको थियो ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधा समावेश छ ।