• ८ मंसिर २०८१, शनिबार

महेन्द्रनगरमा नेपाल बैङ्क लिमिटेडको शाखा

blog

महेन्द्रनगरमा नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन गर्नुहुँदै बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नगर प्रमुख सुखदेव यादव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, माघ ४ गते । 
धनुषाको महेन्द्रनगरमा नेपाल बैङ्क लिमिटेडको शाखा उद्घाटन गरिएको छ । असार २९ गतेदेखि नै शाला बैङ्क सञ्चालनमा रहेपनि विधिवतरुपमा बिहीबार उद्घाटन गरिएको हो ।

क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव र नेपाल बैङ्क लिमिटेडका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्तरुपमा बैङ्कको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बैङ्कका कार्यकारी अधिकृत अधिकारीले नेपाल बैङ्क लिमिटेडको २२६ औँ शाखा यहाँ उद्घाटन गरिएको बताउनुभयो । विक्रम संवत् १९९४ कात्तिक ३० गते संस्थागतरुपमा बैङ्किङ सेवाको सुरुवात गरेको यो नेपालकै पहिलो बैङ्क भएको जानकारी दिनुभयो ।

नेपालमा सञ्चालित बैङ्कमध्ये यो पृथक् बैङ्क भएको बताउनुहुँदै अधिकृत अधिकारीले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मधेश प्रदेश आर्थिक समृद्धिको प्रमुख आधार क्षेत्र भएको भन्नुभयो ।