• १४ पुस २०८१, आइतबार

मङ्गलीको जेनेभा यात्रा (कथा)

blog

मङ्गली चेपाङ । गाउँबाट सहर जानका लागि काउलेका भीरको बाटो ओह्रालो झर्नुअघि उसको परिचय त्यसमा नै सीमित थियो– मङ्गलबार जन्मिएकी हुनाले न्वारानका दिन चेपाङ समुदायको नाइकेले उसको नाम त्यही राखिदिएको थियो । तर जब ऊ प्रजा विकास कार्यक्रमअन्तर्गत भरतपुर पुगेर हेर्न सकेभन्दा पनि फराकिलो संसार देखी, त्यसको जीवनमा आमूल परिवर्तनका अनेकौँ रेखाहरू कोरिँदै जान थाले ।

जङ्गल गएर ग्टिठा–भ्याकुर खोज्नु, चिउरीका दाना जम्मा गरेर घर ल्याउनु, जङ्गली चराचुरुङ्गीहरूको सिकार गर्नु, गाउँका ठूला मान्छेहरूसित पछि लागेर खोलामा माछा मार्न जानु आदि–इत्यादि त्यस गाउँका केटाकेटीहरूको पुख्र्याैली काम थियो । मङ्गली तिनैमध्ये एक थिई । तर पछि फराकिलो संसारमा पुगेपछि उसको जीवनका उतार–चढावमय आयामहरूमा पनि नयाँपनका पालुवाहरू पलाउँदै जान थाले ।

शक्तिखोर पुगेपछि उकालो–ओरालो बाटो सकियो । तिनीहरू एकैचोटि फराकिलो मैदानमा पुगे । तिनीहरू अर्थात् स्थानीय प्राथमिक विद्यालयको प्रधानाध्यापक केशबहादुर राना, मङ्गली र उसको बाउ आइतराम चेपाङ ।

समथर मैदानको वातावरण र जनजीवन अनुभूत हुने किसिमको चलयमान थियो । मान्छेहरू, घरगोठ, बाटोघाटो, सडक सबै वातावरण नौलो, विरानो लाग्ने किसिमको । गाउँको पूर्वी किनारातिरबाट तल खोलाको दाहिने काँधमाथि दौडेको पिच सडक गाउँको बाक्लो आवादी कट्ने बित्तिकै जङ्गलभित्र छि¥यो । सानो गाडी लोकल स्टेसनमा मानिसहरू पर्खेर बसिरहेको थियो । तिनीहरू तीनै जना अरू मानिसहरूसँगै गाडीमा चढे । केशबहादुर आपूm गाडीभित्र गएपछि ढोका नजिकै एउटा खाली सिट देख्यो । आइतराम र मङ्गलीलाई पछिल्तिरको खाली सिटमा बस्न लगाएर आपूm त्यहीँ बस्यो । नयाँ–नौलो परिवेशबीच मङ्गलीको अनुहार अत्यासले अत्तालिएर अमिलो भएको थियो । त्यो बिरानोपनलाई बिर्सन उसले घरिघरि उसको बाबु आइतरामसित अनेक किसिमका प्रश्न सोध्थी । आइतराम पनि उसको ज्ञानको सीमाभित्र पर्ने जिज्ञासाका उत्तर दिन्थ्यो ।

निकैबेर खोलाको काँधतिरबाट गएको सडक जङ्गलको पुछारमा पुगेपछि गाउँ पस्यो र पश्चिमतिर तेर्सियो । पल्लो किनारमा बर्खाको बाढीले बनाएको बगर कटेपछि खोलो तरेर गाडी फेरि जङ्गलको बाटो हुँदै केहीबेर कुदेपछि बाक्लो आवादीबाट गएको सडक समातेर सहरतिर लाग्यो । चौबिसकोठी पुगेपछि तिनीहरू गाडीबाट उत्रिए ।

मूल सडकबाट दाहिने मोडिएर पाँच सय मिटरजति भित्र गएपछि दाहिनेतिर सडक किनारामा नै जोडिएको एउटा भव्य भवन देखियो । त्यसको बिचोबिचजस्तोमा हरियो रङको सिङ्गल पल्लावाला एउटा ढोका थियो– स्वचालित एटियम कार्ड साइजको हरियो कार्डले छोएपछि ढोकाको पल्ला भित्रतिर खुल्ने र भित्रको भरेङमा पाइला राख्न पाउँदा–नपाउँदै बन्द हुने । केशबहादुरले आइतरामलाई त्यहीँ पर्खन लगाएर त्यही आवासीय भवनको छेउमा रहेको होस्टेलको अफिसमा गयो र प्रजा विकास छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनोट भएर त्यहाँ पुगेकी मङ्गली चेपाङको नाम होस्टेलको प्रवेश दर्ता पुस्तिकामा प्रविष्ट गरायो र उसका लागि निर्धारित कोठाको साँचो बुझेर फर्कियो । मङ्गली पनि उसको अभिभावक–प्रधानाध्यापक केशबहादुरको पछिपछि एउटी आज्ञाकारी छात्रा–माउको पछिपछि लागेको बाख«ीको पाठोजसरी– उसका पदचापलाई पछ्याउँदै फर्किई ।

फराकिलो भ¥याङबाट माथि तलामा पुगेपछि यस्तै दस–बाह्र फिटको अन्तरमा ढोकाहरू थिए –बीचबाट प्यासेज गएको थियो । पहिलो ढोका भ¥याङको मैदानबाट उत्तर लाग्ने बित्तिकै देब्रेतिर थियो र त्यसको केही पर दोस्रो । आपूmहरूलाई तोकिएको त्यही ढोकाअगाडि पुगेर केशबहादुरले भर्खरै लिएर आएको साँचोले ढोका खोल्यो । ती तीनै जना भित्र पसेपछि ढोका बिस्तारै आफैँ बन्द भयो ।

भित्र त्यस सानो कोठामा मनचिन्ते झोलीजस्तै एउटा सानो सुन्दर संसार थियो । ढोकैको आडमा अर्को एउटा ढोका थियो– थोरै खुलेको । बिजुली बत्तीको स्विच अन् गरेपछि बत्तीको प्रकाश कोठाभरि छरियो । त्यो चिटिक्कको सानो एउटा ट्वाइलेट रहेछ, बाथरुमसहितको । सेतो, सफा रङ लगाएका भित्ता, सेतै रङको एउटा सानो बेसिन र कमोट– फटिकजस्तो सिसाले छेवैको स्नानकक्ष स्ट्यान्डमा ट्वाइलेट पेपर र सिङ्कको सिरानतिर त्यहीँ जडान गरेको बट्टामा लिक्विड साबुन । बाहिर निस्कनेबित्तिकै देब्रेतिर लुगाफाटो राखन–धरन गर्ने वारड्रब, त्यसलगत्तै एउटा ठिक्कको खाट र त्यसमा यत्नपूर्वक मिलाएर लगाइएको बिछ्यौना, त्यसको पुछारमा २ बाई ४ साइजको झ्याल, झ्यालसँगै सटाएर राखिएको सिपालु सिकर्मीले बनाएको टेबुल र त्यही माफिकको एउटा सानु रिभल्भिङ चेयर ।

“ल मङ्गली, अब तिम्रो नयाँ घर यही हो । राम्ररी मिहिनेत गरेर पढ्नु । तिमीलाई पढ्नकै लागि भनेर यो सबै व्यवस्था गरिदिएको छ– प्रजा विकास परिषद्ले ।” झ्यालबाट बाहिरतिर हेरेर दङ्दास पर्दै टोलाइरहेकी मङ्गलीको ध्यानाकर्षण गर्दै केशबहादुरले भन्यो । बाहिर चोक रहेछ– चारैतिर उस्तै किसिमका भवनहरूको बीचमा । जीवनमा अनायास आइपुगेको यति धेरै, यति ठूलो परिवर्तन देखेर मङ्गली आफैँ छक्क परेकी थिई ।

“यो गल्र्स् होस्टेल हो, तिमीहरूले मात्र प्रवेश पाउने । सुरक्षा व्यवस्था एकदम राम्रो छ । तिम्रो कोठामा तिमीबाहेक अरू कसैलाई पनि आउने अनुमति छैन । ढोकाबाट भित्र पसेपछि र बाहिर निस्केपछि स्वतः खुल्ने र बन्द हुने सेन्सर सिस्टम जोडिएको छ– फेस आईडीवाला । त्यसलाई मैले भर्खरै हामी आएपछि एक्टिभेट गराएर आएको । उसले मङ्गलीलाई सम्झाउने शैलीमा भन्यो । ढोका लागेको थियो, केशबहादुरले खोल्ने प्रयत्न ग¥यो, खुलेन । आइतरामले पनि तानेर खोल्न खोज्यो, भएन । अनि मङ्गली नजिकै गई, ह्यान्डल छुनेबित्तिकै ढोका बिस्तारै खुल्यो । त्यो सबै देखेर तिनीहरू सबैका अनुहारको कान्ति धपक्क बल्लाजस्तो उज्यालो भयो ।

अगाडि दाहिनेतिर भरेङको मुखैनेरबाट भित्र पस्ने ढोका थियो– आधा खुलेको । कोठाको व्यवस्थापन सकेपछि तिनीहरू त्यही दाहिनेतिरको कोठामा पसे ।

फराकिलो कोठा । भुइँमा गद्दावाल कार्पेट बिछ्याइएको– दाहिने भित्तातिर दुई सिटे साना दुईटा गद्दावाला सोफा– पूर्वी र उत्तरी लङमा पनि त्यही माफिकका ससाना सोफा– बीचमा साना टिटेबुलहरू । उत्तरी लङमा डाइनिङ टेबुल । ढोकाबाटभित्र पस्नेबित्तिकै देब्रे साइडको भित्तामा त्यहीँ सटाएर फिट गरिएका ससाना काठका घर्रावाला वारड्रब । सोझै अगाडि विद्युतीय चुल्हो र ओभन । बीचमा डाइनिङ, तल सानो रेफ्रिजेरेटर । त्यो भान्साकोठा थियो, चार जना विद्यार्थीहरूको साझा किचेन । त्यो सबै देखेर मङ्गली प्रफुल्ल भई । बसेर आफ्ना सरसामान थान्को–मान्को लगाउँदै गर्दा ओल्लो–पल्लो कोठाका साथीहरू पनि भान्साभित्र देखिए । ती सबै नयाँ थिए तर तिनीहरू सबैले अनुहारमा मुस्कानको उज्यालो छरेर एक–आपसमा परिचय साटासाट गरे एक–अर्कालाई अङ्कमाल गर्दै । परिचयको पहिलो दिनदेखि नै ती एक–अर्काका अभिन्न मित्र बन्न पुगे ।

घर छोडेर हिँड्दा अत्यासको कालो बादलले घेरिएको मङ्गलीको मनमा आफ्ना बाबु र प्रधानाध्यापकले व्यवस्था मिलाएर गएको दिनदेखि नै कुनै कठिनाइ महसुस गर्नु परेन उसले । होस्टेलको बसोवास र स्कुलको पठन–पाठन दुवै उसका लागि सहज लाग्न थाले । ऊ ठीक समयमा सुत्थी, ठीक समयमा उठ्थी, गर्नुपर्ने यावत् चीजहरू नबिराई सिलसिलाबद्ध तरिकाले ठीक समयमा गर्थी । पढाइ–लेखाइमा पनि ऊ तेज थिई । स्कुले जीवनसित घनीभूत रूपमा परिचित भइसकेपछि उसले अतिरिक्त क्रियाकलापमा पनि भाग लिन थाली । कविता रचना गर्नु, निबन्ध लेख्नु, कथा कथ्नु त उसका लागि अम्मलजस्ता काम भएका थिए । समय–समयमा वक्तृत्वकलामा भाग लिँदालिँदै ऊ प्रखर वक्तासमेत बन्न पुगेकी थिई ।

स्कुलमा रेडक्रस युनिटमा सहभागी भएर सामाजिक जीवनमा हात हालेकी उसले भैपरी आउँदा आपत्कालीन सहयोग कसरी गर्ने भन्ने विषयमा पनि राम्रो दक्षता हासिल गरेकी थिई । स्कुलमा हुने भलिबल, टेबुलटेनिस, ब्याडमिन्टन आदि खेलमा पनि उपयुक्त समयमा भाग लिन्थी र अभ्यास गर्थी । मानसिक, शारीरिक र बौद्धिक सबै प्रकारका दक्षता हासिल गर्न ऊ निरन्तर प्रयत्नरत थिई ।

भरतपुर पुगेर छ कक्षामा भर्ना भएकी मङ्गली, त्यसको पाँच वर्षपछि एसईई परीक्षामा सामेल भई । प्रत्येक विषयको परीक्षा दिएर होस्टेल फर्कंदा सधैँ त्यसको अनुहारमा उज्यालो आभा फैलिरहेको देख्न सकिन्थ्यो ।

परीक्षा सकिएको केही दिनपछि हेडमास्टरले उसलाई बोलाउन पठाएँ । परिचारिकाको पछि लागेर अफिस पुगेकी मङ्गलीलाई सम्बोधन गर्दै प्रधानाध्यापकले भने– “बधाई छ मङ्गली तिमीलाई । तिमीले यस स्कुलमा देखाएको लगनशील कार्यका लागि, सामाजिक दायित्व निर्वाह गर्ने क्रममा तिमीले देखाएको जाँगर र तिम्रो प्रतिभालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय रेडक्रसले तिमीलाई दुई हप्ताका लागि स्विजरल्यान्ड घुम्ने निम्तो पठाएको छ । तिमीलाई बधाई ! तिमी यहाँबाट उता जाँदा बस्न–खान, आउन–जान लाग्ने सबै खर्च रेडक्रसले नै बेहोर्नेछ । यस खुसियालीमा हाम्रो स्कुलको तर्फबाट तिमीलाई लाग्ने लत्ता–कपडाको सबै खर्च स्कुलले व्यवस्था गर्नेछ र तिम्रो अभिभावकका रूपमा तिम्री आफ्नै चिरपरिचित गुरुआमा गीता शर्मा तिमीसँगै जानुहुनेछ । तिमीजस्ती प्रतिभाशाली विद्यार्थी पाएकोमा हामीले गौरवान्वित भएको महसुस गरेका छौँ ।

प्रधानाध्यापकको त्यस किसिमको खुलासा सुनेर मङ्गलीको मन हर्षले पुलकित भयो ।

एक हप्तापछि गुरुआमा गीता शर्माको साथ लागेर मङ्गली जेनेभा जानका लागि कतार एयरवेजको भीमकाय जेट विमान चढेर आकाशमार्गको बाटो युरोपतिर उडी । 

+

लन्डन, बेलायत