• १३ साउन २०८१, आइतबार

राजद्रोही राजनेता प्रदर्शन

blog

काठमाडौँ, माघ २९ गते । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका उपलक्ष्यमा वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रमबीच पत्रकार जगत नेपालको लेखन तथा निर्देशनमा रहेको वृत्तचित्र प्रदर्शन गरिएको हो। 

नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री बीपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्रमा २०३३ सालमा बीपी कोइरालाले निर्वासनबाट किन मेलमिलापको नीति लिएर स्वदेश फर्किएदेखि ओखलढुङ्गाको टिमुरबोटे आक्रमणबारे अदालतमा बयान र राजाले जनमत सङ्ग्रह घोषणासम्मको दृश्यलाई देखाइएको छ। राजद्रोहीसम्बन्धी आठवटा मुद्दा लागेका बेला सहकर्मीहरू गणेशमान सिंह, शैलजा आचार्य, रामबाबु प्रसाईं, खुमबहादुर खड्का, निलाम्बर पन्थीसहित १६ पुस २०३३ मा भारतबाट स्वदेश फर्किएको विषयलाई वृत्तचित्रमा रोचक तरिकाले प्रस्तुत गरिएको छ। 

त्यस्तै एकातिर नेपाल आउँदा मृत्युदण्ड हुन सक्ने र अर्कोतिर भारतमै रहँदा मुलुकको राष्ट्रियता सङ्कटमा पर्न सक्ने जोखिमलाई वृत्तचित्रमा औँल्याइएको छ।