• १३ असोज २०८१, आइतबार

शिक्षासेवी घिमिरेलाई अभिनन्दन

blog

सुनसरी समाचारदाता

इटहरी, माघ २९ गते । शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेलाई अभिनन्दन गरिएको छ। इटहरी निवासी घिमिरेको ७७औँ जन्मोत्सवको अवसर पारेर अभिनन्दित गरिएको हो। अभिनन्दनको क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका अतिथिबाट घिमिरेलाई उहाँकै कद बराबरको ताम्रपत्र प्रदान गरिएको थियो। यसअघि घिमिरे दम्पतीलाई रथारोहण गराई झाँकीसहित इटहरी नगर परिक्रमा गरिएको थियो। 

वरिष्ठ शिक्षासेवी घिमिरेको अभिनन्दनपछि कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भाषा, साहित्यको उन्नयन, सामाजिक चेतनाका व्यक्तित्व, शैक्षिक क्षेत्रका संवाहक र शिक्षाको विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्नु सौभाग्यको कुरा भएको बताउनुभयो। 

अभिनन्दित व्यक्तित्व घिमिरेले आफूलाई अभिनन्दन गरेकाले अनुगृहीत भएको बताउनुभयो। उहाँले जीवनका यात्राका क्रममा सबैले सधै सकारात्मक सोचले इमान्दार पूर्वक काम गर्नुपर्ने बताउनुभयो। नागरिकस्तरबाट गरिएको अभिनन्दन कार्यक्रममा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतको विभिन्न प्रदेशबाट उल्लेख्य सङ्ख्यामा सामाजिक, साहित्यिक, शिक्षासेवीलगायत विभिन्न पेसाकर्मीको सहभागिता थियो।