• १३ असोज २०८१, आइतबार

सन्थाली लिपिको अन्तर्राष्ट्रिय सम्मेलन

आदिवासी सङ्ग्रहालय बनाइने

blog

लीलाराज खड्का

बिर्तामोड, माघ २९ गते । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोबास गर्ने सबै भाषाभाषी र धर्म संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले चाँडै प्रदेशमा आदिवासी सङ्ग्रहालय बनाउन लागेको जानकारी दिनुभएको छ। 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा शनिबार आयोजित सन्थाल भाषीको दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री कार्कीले आफू अघिल्लो सरकारमा रहँदा यो कार्यक्रमलाई अगाडि बढाइसकेको र केही प्राविधिक समस्याले रोकिएको जानकारी दिनुभयो।  

आगामी वर्षको बजेटबाट काम थालिने उहाँको भनाइ थियो। सन्थाली भाषीको समस्याका बारेमा सरकार जानकार रहेको स्पष्ट पार्दै सन्थाल भाषा संस्कृतिको जगेर्नामा प्रदेश सरकार तत्पर रहेको बताउनुभयो। प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले सन्थाल भाषा संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपालको झापा, मोरङ, सुनसरीका सन्थाल, भारत र बङ्गलादेशका अग्रज सन्थाली भाषी सहभागी भएका छन्। मुख्यमन्त्री कार्कीले सन्थाल भाषी शिवु मुर्मूद्वारा लिखित सन्थाली वर्ण लिपि ओल चिकी र पहिलो सन्थाली पत्रिका पुँडबुरुको समेत लोकार्पण गर्नुभयो।