• ९ मंसिर २०८१, आइतबार

कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुँदै

blog

नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह । फाइल तस्बिर

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, माघ २६ गते। सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुहुने भएको छ। शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाई सरकारबाट हटेपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुन लाग्नु भएको हो। उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो। 

यसरी नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ। यसअघि, संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) का राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। 

उहाँलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन थियो। तर आज नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार एक महिनाको अवधिमा ढलेको छ।