• ९ मंसिर २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त भएन

blog

बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुहुँदै राजेन्द्रसिंह रावल । तस्बिर : अविनाश चौधरी

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, माघ २६ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत प्राप्त हुन सकेन। प्रदेश सभा बैठकमा उहाँले पेस गर्नु भएको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। यसरी दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। कानुन अनुसार प्राप्त समयसीमाको आज अन्तिम दिन रहेको थियो।  

मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अब संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने बाटो खुला भएको छ।