• २५ जेठ २०८२, आइतबार

प्रेमको परिवारलाई पचास लाख भुक्तानी

blog

पशुपतिनगर समाचारदाता 

पशुपतिनगर (इलाम), माघ २६ गते । सन नेपाल लाइफ इन्स्योरेन्सले इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५० लाख हस्तान्तरण गरेको छ। कम्पनीको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको हो। बिर्तामोड शाखाका प्रमुख विकास श्रेष्ठका अनुसार कम्पनीले मृतकको घरमै पुगी मृतककी श्रीमती नानुका अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपियाँको चेक हस्तान्तरण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनुभएका आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिनमै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ।