• १३ साउन २०८१, आइतबार

फागुनमा राष्ट्रिय बालनाटक मेला

blog

काठमाडौँ, माघ १८ गते । बालबालिकामा निहित अभिनयलगायत विविध क्षमता प्रस्फुटनका लागि मञ्च प्रदान गर्ने लक्ष्यले फागुन १ देखि ७ सम्म राष्ट्रिय बालनाटक मेला आयोजना गरिने भएको छ। नाट्यकर्मी महासङ्घद्वारा आयोजना गरिने यस मेलामा सहभागी भएर उत्कृष्ट अभिनयलगायत विविध विधामा एक लाख रुपियाँ र अन्य २० विधामा पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ। 

नाटक मेलामा सहभागिताका लागि देशभरबाट नाटक आह्वान गरिएको छ। मेलामा सहभागिताका लागि प्राप्त नाटकबाट अन्तिम प्रतिस्पर्धाका लागि २० वटा नाटक छनोट गरी मञ्चन गरिनेछ।