• ७ मंसिर २०८१, शुक्रबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. नेपालको कुन नदीबाट लगिएको शिलाबाट भारतको अयोध्यास्थित राम मन्दिरमा श्रीरामको बालस्वरूप मूर्ति बनाइने भएको छ ?

कालीगण्डकी

पवित्र कालीगण्डकी नदीका दुई शिला पोखराबाट जनकपुर हुँदै २०७९ माघ १६ मा अयोध्यातर्फ पठाइएको ।

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि नेपालले प्रदान गरेका दुई शिला वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजा गरी शोभा यात्रासहित हस्तान्तरण गरिएको थियो । राम र सीता नामकरण गरिएका दुईटा १६ र २६ मेट्रिक टन तौल भएका र अर्को सानो शिला गरी तीन थान (दुईवटा अयोध्या र एउटा जनकपुरमै राख्ने गरी) शिला पठाइएको । जनकपुर आउने तीर्थयात्रीलाई गलेश्वरसम्म आउन निम्ता दिनका लागि जनकपुरमा सानो शिला पठाइएको । 

मुस्ताङको दामोदरकुण्डबाट उत्पत्ति भई प्रसिद्ध मुक्तिनाथ मन्दिरका १०८ धाराको जल मिसिएर म्याग्दीको धार्मिकस्थल गलेश्वर हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मूर्ति बनाउन लागिएको । 

शिला झिकिएको कालीगण्डकी नदी किनारको छेउमा सङ्केतका रूपमा गण्डकी प्रदेश सरकारको सहयोगमा स्तम्भ बनाइने भएको ।

यी शिला नेपाल सरकारले भारत सरकारलाई उपहारस्वरूप दिएको । 

कालीगण्डकी नदी किनारको बेनी–गलेश्वर क्षेत्रमा परापूर्वकालमा ऋषिमुनिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको किंवदन्ती रहेको ।


२. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?

जनवरी २६

नेपालको भन्सार प्रशासनको आधुनिकीकरणमा जोडिएको सूचना प्रणाली र प्रविधि विकासको प्रयासस्वरूप सन् २०१६ जनवरी २६ मा ‘आशिकुडा वल्र्ड’ प्रणाली 

सुरुवात भएको ।

सन् २०२१ जनवरी २६ मा नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा ल्याइएको ।

नेपालमा वि.सं. २०६० देखि भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तथा आवधिक कार्यायोजना कार्यान्वयनमा ल्याइएको । हाल छैटौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा रहेको ।


३. बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प कहिले गएको हो ?

वि.सं. २०७९ माघ १०

यस भूकम्पले बाजुरालगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति पु¥याएको ।

सुदूरपश्चिम प्रदेशमा साढे दुई महिनामा ठूला दुई भूकम्प गएका । यसअघि डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जसले सयौँ घरमा क्षति पु-याएको थियो । यी भूकम्प थप ठूला भूकम्पको चेतावनीका रूपमा पनि लिनुपर्ने राष्ट्रिय भूकम्पमापन केन्द्रको भनाइ रहेको । 


४. वि.सं. २०७९ माघ ९ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुने व्यक्तित्व को हुन् ?

डा. मीनबहादुर श्रेष्ठ 

डा. श्रेष्ठले सोही दिन पद तथा गोपनीयताको शपथ लिएका । 

उनले यसअघि पनि आयोगको उपाध्यक्षको 

जिम्मेवारी सम्हालिसकेका ।


५. सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा पद नरहने पैmसला कहिले गरेको हो ?

वि.सं. २०७९ माघ १३ 

अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले लामिछानेलाई उम्मेदवार बन्न नै अयोग्य घोषित गरेको । यससँगै उनको सांसद, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टी सभापति पद एकै पटक गुम्न पुगेको । 

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछाने मन्त्री नियुक्त भएको ३२ दिनमै पदमुक्त हुन पुगेका ।

२०५० सालमा नेपाली नागरिकता प्राप्त गरेका लामिछानेले २०७० सालमा अमेरिकाको नागरिकता लिएका । २०७१ मा कायम नरहेको पुरानो नागरिकताको आधारमा नेपाली राहदानी प्राप्त गरेका लामिछानेले २०७५ सालमा अमेरिकाको नागरिकता परित्याग गरेका । 

लामिछानेले २०७९ माघ १५ मा पुनः नेपाली नगरिकताको प्रमाणपत्र लिएका । यससँगै राष्ट्रिय स्वतन्त्र पार्र्टीको सोही दिनको बैठकबाट उनी सो पार्टीको केन्द्रीय सदस्यमा मनोनीत हुँदै पुनः पार्टी सभापति चयन भएका । 


६. चीन र भारतबीच निर्धारण गरिएको सीमा रेखालाई के भनी चिनिन्छ ?

मेक मोहन लाइन 

सन् १९१४ मा निर्धारण गरिएको ५५० माइल लामो यो सीमा रेखालाई चीनले अस्वीकार गर्दै आएको ।

सन् १९४७ मा भारत र पाकिस्तानबीच निर्धारण गरिएको सीमा रेखालाई रेड क्लिफ लाइन भनी चिनिने ।

सन् १९८३ मा भारत र अफगानिस्तानबीच निर्धारित सीमा रेखालाई ड्युरेन्ड लाइन भनी चिनिने जसलाई अफगानिस्तानले अस्वीकार गर्दै आएको ।

अमेरिका र लिवियाबीच निर्धारण गरिएको अन्तर्राष्ट्रिय जलसीमा रेखालाई मृत्युरेखा भनी चिनिने । 

जर्मनीद्वारा निर्मित जर्मनी र फ्रान्सबीचको सीमा रेखा सिगफ्रेड लाइन हो । त्यस्तै दोस्रो विश्वयुद्धको समयमा जर्मनीको आक्रमणबाट सुरक्षित रहनका लागि फ्रान्सद्वारा स्विट्जरल्यान्डदेखि बेल्जियमसम्म निर्माण गरिएको किल्लालाई मेजिनट लाइन भनी चिनिने । 


७. पाल्पालाई ढाकाको राजधानी घोषणा कहिले गरिएको हो ?

वि.सं. २०७८ चैत १२


८. नेपालमा डिजिटल भीसा प्रणालीको सुरुवात कहिलेदेखि भएको हो ?

वि.सं. २०७८ असार १४

(४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै तत्कालीन गृहमन्त्री विष्णु पौडेलद्वारा पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ लामालाई भिसा प्रदान गरी सो पद्धतिको सुरुवात गरिएको ।)


९. बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी (बिम्स्टेक)को पाँचौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२२ मार्च ३०, श्रीलङ्का 

नारा : ‘स्वच्छ जनता, समृद्ध अर्थतन्त्र र उत्थानशील क्षेत्रतर्फ बिम्स्टेक’

सम्मेलनले निम्नानुसारका तीन नयाँ दस्ताबेज 

अनुमोदन गरेको ।

१. आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिम्स्टेक महासन्धि

२. कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र

३. बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र

पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरेको । बडापत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हस्ताक्षर भएको ।


१०. चीनमा ‘एक दम्पती तीन सन्तान’ नीति कहिलेदेखि लागू भएको हो ?

सन् २०२१ मे ३१

राष्ट्रपति सी चिनफिङद्वारा मे ३१ मा सो नीति 

स्वीकृत गरिएको ।

चीनमा सन् २०१६ देखि एक दम्पती दुई सन्तान नीति लागू भएको थियो । सोभन्दा अघि सन् १९८० देखि २०१५ सम्म एक दम्पती एक सन्तान नीति प्रचलनमा थियो ।


११. दक्षिण एसियाली खेलकुदमा अफगानिस्तान कहिलेदेखि सहभागी हुन थालेको हो ?

नवौँ दक्षिण एसियाली खेलकुद (सन् २००४, इस्लामावाद)


१२. वसन्त र पतझड नामक कृतिका लेखक को हुन् ?

कन्फ्युसियस


१३. हालै अनुसन्धानकर्ताले ठूलो उल्कापिण्ड कहाँ फेला पारेका छन् ?

अन्टार्कटिका

वैज्ञानिकको अन्तर्राष्ट्रिय टोलीले सन् २०२२ जनवरीमा हालसम्मकै ठूला पाँच उल्कापिण्ड फेला पारेका । तिनीहरूमध्ये एकको तौल झन्डै आठ किलोग्राम रहेको ।

पृथ्वीमा यति ठूलो आकारमा उल्कापिण्ड फेला पर्नु दुर्लभ घटना रहेको युरेकअलर्टले जनाएको ।

यी उल्कापिण्डलाई रोयल बेल्जियम इन्स्टिच्युट अफ नेचुरल साइन्सले विश्लेषण गर्ने जनाइएको । उल्कापिण्डको अध्ययनले ब्रह्माण्डमा हाम्रो स्थानलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने वैज्ञानिकले बताएका । 


१४. विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन, २०२२ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? 

८१औँ

(सो प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा बढी जोखिम कर्णाली प्रदेश र कम जोखिम गण्डकी प्रदेशमा रहेको ।)


१५. वर्तमानमा अवलम्बन गरिएका जलवायु परिवर्तनका नीति यथावत् रहेमा ओजोन तह कहिलेसम्ममा पहिलेकै अवस्थामा आउने वैज्ञानिकहरूले बताएका छन् ?

सन् २०६६ 

ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकले बताएका । ओजोन तहको विनाशका कारण रहेको औद्योगिक रसायनको प्रयोगको कमीका कारण ओजोन तह फेरि साबिक (सन् १९८०) कै अवस्थामा फर्कने लयमा अग्रसर बनेको उनीहरूको निष्कर्ष रहेको । 

अमेरिकी मौसम विज्ञान समाजद्वारा प्रस्तुत (१०३औँ वार्षिक बैठक, सन् २०२३ जनवरी १०) अध्ययन प्रतिवेदनमा जियो इन्जिनियरिङजस्तो नयाँ प्रविधिको प्रयोग गरी ओजोन तहको वर्तमान अवस्थाबारे अध्ययन गरिएको जनाइएको ।

जलवायु परिवर्तनसम्बन्धी मोन्ट्रियल अनुबन्धमा आधारित रहेर भएको अध्ययनले ओजोन तहलाई क्षयीकरण गर्ने पदार्थमध्ये ९९ प्रतिशत त्यस्ता पदार्थ न्यूनीकरण 

गर्दै ओजोन तहको सुरक्षा गर्न सफल बनेको र 

त्यसले पनि उल्लेखनीय रूपमा ओजोन तहको सुधार भएको दाबी गर्न सकिने आधार बनेको तथ्य प्रतिवेदनमा प्रस्तुत गरिएको । 

ओजोन तहमा प्वाल परेर यसको तह विनाश हुँदा सूर्यबाट आउने हानिकारक परावैजनी किरण सिधै पृथ्वीमा आउँदा मानव अस्तित्वमा नै सङ्कट निम्तिने अवस्था रहने । 

हाल अपनाइएका जलवायु परिवर्तनका नीति यथावत् रहेमा आगामी सन् २०६६ सम्म अन्टार्कटिकामा, सन् २०४५ सम्म आर्कटिकमा र सन् २०४० सम्म बाँकी विश्वका लागि ओजोन तह पूर्ण रूपमा पुरानै अवस्थाको सुरक्षा कवज बन्नेछ । त्यसपछि ओजोन तहको अवस्था प्वाल पर्नुअघिको अर्थात् सन् १९८० को अवस्थामा पुग्ने अपेक्षा वैज्ञानिकले गरेका । सन् २०१९ र २०२१ का बीचमा अन्टार्कटिकाको आकाशमा ओेजोन तहमा परेको प्वालको आकार पहिलेको तुलनामा धेरै खुम्चिएको देखिएको । जलवायु अनुकूलनमा वैश्विक समुदायको सामूहिक पहलका कारण सन् २००० देखि अन्टार्कटिका क्षेत्रको ओजोनको प्वालको क्षेत्रफल र गहिराइमा बिस्तारै सुधार भइरहेको । 

ओजोन तहको थप सुधारका लागि हाइड्रोफ्लोरो कार्बनको उत्पादन र खपत घटाउनुपर्नेमा अध्ययनले जोड दिएको । यस्ता ग्यासले प्रत्यक्ष रूपमा ओजोनलाई प्वाल त पार्दैन तर शतिmशाली जलवायु परिवर्तनकारी ग्यास भएकाले तापक्रम वृद्धि गर्दा ओजोन सुधारमा समय लाग्छ । ओजोन तहमा आएको सुधारले सन् २१०० सम्ममा ०.३–०.५ डिग्री सेल्सियस तापक्रम वृद्धि घट्ने अनुमान रहेको ।


१६. फिफाले विश्वकपमा डोपिङ परीक्षणको सुरुवात कहिलेदेखि गरेको हो ?

सन् १९६६ (आठौँ विश्वकप) 

त्यस्तै फिफाले सन् १९६६ देखि विश्वकप मस्कट प्रयोगमा ल्याएको । पहिलो मस्कटको नाम विली रहेको ।

फेरेन्स पुस्कास दुई फरक देशबाट खेल्ने पहिलो युरोपेली खेलाडी बनेका । सन् १९६२ को सातौँ विश्वकप (चिलीमा आयोजित)मा उनले स्पेनको प्रतिनिधित्व गरेका । यसअघि सन् १९५५ मा पुस्कास हङ्गेरीका खेलाडी थिए ।

फिफाले सन् १९५४ (पाँचौँ विश्वकप) देखि विश्वकप फुटबल प्रतियोगिताका खेल टेलिभिजनद्वारा प्रसारण गर्न थालेको ।

फिफा विश्वकपमा पहिलो गोल गर्ने खेलाडी फ्रान्सका लुसियन लरेन्ट हुन् । सन् १९३० मा उरुग्वेको मोन्टेभिडियोमा आयोजित पहिलो खेलअन्तर्गत फ्रान्स र मेक्सिकोबीच भएको पहिलो खेलमा उनले सो गोल गरेका थिए ।

फिफाले कतार विश्वकप–२०२२ देखि टिममा खेलाडीको सङ्ख्या बढाएर २३ बाट २६ पु¥याएको । प्रशिक्षकले आफ्नो टिमको खेलमा यसपालि पाँच खेलाडी स्थानापन्न गर्न पाउने तर सबै अवस्थामा त्यो गर्न भने नमिल्ने । नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्यो भने थप स्थानापन्न खेलाडी टिममा जोडिने र सोपश्चात् प्रशिक्षकले आवश्यकताअनुसार तिनको प्रयोग गर्न सक्ने ।

प्रस्तुतकर्ता : टंक के.सी.