• १३ साउन २०८१, आइतबार

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

blog

काठमाडौँ, माघ   १६  गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख छ हजार तीन सय पुगेको छ । 

अघिल्लो दिन प्रतितोला रू. एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू. तीन सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू. एक लाख पाँच हजार पाँच सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू. एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीकाे मूल्य तोक्दै आएको छ ।