• ४ जेठ २०८२, आइतबार

लामिछानेले आज नागरिकता लिनुहुँदै

blog

काठमाडौँ, माघ १५ गते । पूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ । उहाँले पहिला प्राप्त गर्नुभएको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो । 

उहाँ पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उहाँको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको छ । 

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिने सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता दिन लाग्नु भएको हो । 

नागरिकताकै विषयमा उहाँले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा समेत दिनुभएको छ र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट राजीनामा स्वीकृतसमेत भइसकेको छ ।  

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको थियो । न्युज एजेन्सी नेपालबाट