• १४ असार २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ताका लागि बैङ्किङ शिविर

blog

कपिलवस्तुको शिवराज नगरपालिकाले टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता दिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, माघ १३ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँटोलमा बुकिङ शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । नगरपालिकाले बैङ्कसँग समन्वय गरी दोस्रो किस्ता बापतको भत्ताबाट गाउँटोलमा वितरण गर्ने कामको सुरुवात गरेको हो । 

ज्येष्ठ नागरिक, एकल महिला तथा पूर्ण असक्त र अति असक्त अपाङ्गता भएका नागरिकलाई दिने लगायतका सामाजिक सुरक्षा भत्ता लिन बैङ्क पुग्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख अजय थापाले बताउनुभयो । 

ग्रामीण भेगमा सेवाग्राहीहरू भत्ता लिनका लागि दिनभरि पालो कुरेर बस्ने, अटो रिक्सा भाडा तिरेर खर्चिलो हुनेजस्ता समस्याको समाधान भएको छ । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता दिनेको सङ्ख्या १२ हजार ८२० जना रहेको छ । 

टोलमा भत्ता वितरणको थालनी गरेपछि अरू पालिकाको ध्यान तानेको सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका प्रमुख दीपक खड्काले बताउनुभयो ।