गाउँ, समाज एवं राष्ट्रका निम्ति आफ्नो जीवन तथा सर्वस्व समर्पित गर्ने वीर सपुत मरेर गए पनि समय–समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन्। नेपाली राजनीतिको क्षितिजमा जाज्वल्यमान एक यस्तै ताराका रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ। २१ वर्षअघि माघ १० गते उनको निधन हुँदा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्षा एवं अस्थिरताको वातावरण थियो तर उनीजस्ता नेताकै निरन्तरको त्याग एवं समर्पणका कारण देश निरन्तर रूपमा अग्रगमनको बाटोमा लम्किरहेको छ। इमानदारिता, त्याग, समर्पण, सहिष्णुता एवं लोकतन्त्रको उच्च आदर्शलाई आत्मसात् गर्दै देशमा सामाजिक न्याय स्थापनाको निम्ति उनले चलाएका अहिंसक एवं शान्तिपूर्ण आन्दोलनका कारण उनले चर्चामा ल्याएका समानता तथा सामाजिक न्यायलगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन भएका छन्। भौतिक रूपमा उनी मरेर गए पनि देशको राष्ट्रिय राजनीति अहिले पनि उनले उठाएका राजनीतिक मुद्दाकै वरिपरि केन्द्रित छ भन्दा अतिशयोक्ति नहोला ।
जनआन्दोलन–२ को सफलतापश्चात् देशको राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन भए। एक दशकसम्म सशस्त्र सङ्घर्ष गरेको नेकपा माओवादी पार्टीले शान्तिपूर्ण राजनीतिमार्पmत राष्ट्रिय राजनीतिको मूलधारमा आपूmलाई प्रवाहित गर्न सहमति व्यक्त ग¥यो भने २४० वर्ष पुरानो राजसंस्थाको इतिहास बोकेको नेपालले गणतन्त्रलाई आत्मसात् ग¥यो। हिन्दु राष्ट्रका रूपमा विश्वमै ख्यातिप्राप्त गरेको नेपालले धर्मनिरपेक्षतालाई स्वीकार ग¥यो भने २०६४ सालको मधेश आन्दोलनका कारण देशको अन्तरिम संविधानमा संशोधनपश्चात् सङ्घीयतालाई स्वीकार गरियो। २०६४ सालको मधेश आन्दोलनका कारण देशको राजनीतिमा नयाँ–नयाँ अभियन्ता आपूmलाई मधेशी आन्दोलनका एक मात्र सच्चा नेतृत्वकर्ताका रूपमा परिभाषित गर्न थाले। जब कि २००९/१० सालतिर नै कुलानन्द झा एवं रामजनम तिवारीजस्ता नेताले तराई कांग्रेसको स्थापना गरी मधेशको समस्यालाई उठाउने काम गरिसकेका थिए।
सङ्घीयताको मुद्दालाई पनि तराई कांग्रेसले २०१० सालमा नै उठाएको थियो। २०१५ सालको आमनिर्वाचनमा त्यस पार्टीको प्रमुख राजनीतिक मुद्दा नै सङ्घीयता थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टी स्थापना गरे तथा नागरिकता आरक्षण (समानुपातिक समावेशिता), सङ्घीयता, नेपाली सेनामा समावेशीकरण, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सबै भाषा एवं संस्कृतिले राजकीय संरक्षण पाउनुपर्ने मुद्दा उठाएका थिए। सिंहले उठाएका मुद्दाभन्दा फरक तथा थप विषयलाई कुनै पनि नयाँ–नयाँ मधेशवादीहरूले उठाएका छैनन्।
सप्तरीको एक उच्च मध्यमवर्गीय किसान परिवारमा जन्मिएका सिंहले लोकतन्त्र, सामाजिक न्याय तथा समानताका निम्ति आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका थिए। उनको निधन भएको १५ वर्ष बितिसकेको छ। सैद्धान्तिक राजनीतिमा विश्वास राख्ने सिंह राजनीतिलाई विशुद्ध रूपमा समाजसेवाको पवित्र माध्यम मान्दथे। भ्रष्टाचार एवं अनियमितताको आरोपबाट मुक्त उनीजस्ता नेताको राजनीतिक यात्रा तथा उच्च विचार वर्तमान पुस्ताका निम्ति प्रेरणाको स्रोत हुन सक्दछ ।
विद्यालयस्तरको अध्ययनका बखत नै दक्षिणी छिमेकी राष्ट्र भारतमा जारी स्वाधीनता प्राप्तिको आन्दोलन तथा स्वयं आफ्नो देशमा पनि जारी राणाविरोधी आन्दोलनको गहिरो प्रभाव उनको मन–मस्तिष्कमा परेका कारण उनले आपूmलाई पनि आन्दोलनमा होमिदिए। राणाविरोधी आन्दोलनमा सहभागी हुन उनलाई बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर आदि नेताहरूले प्रेरकको काम गरेका थिए। नेपाली नेतामा सुवर्ण शमशेरबाट उनी सर्वाधिक प्रभावित थिए। राजविराजस्थित गणेन्द्रबाबुको निवास सप्तरी सेवा आश्रममा प्रत्येक वर्ष सुवर्ण जयन्तीलाई धुमधामका साथ पर्वका रूपमा मनाउने गरिन्थ्यो।
नेपाली काँग्रेस सप्तरीको जिल्ला अध्यक्षसमेत रहिसकेका गजेन्द्रबाबुले आफ्नो जीवनको अधिकांश समय नेपाली कांग्रेसमै बिताए। नेकामा रहेर हतियार उठाउनेदेखि जेलनेलको कठोर यात्रा एवं निर्वासनसमेत उनले भोग्नुप¥यो। उनी जेलमै हँुदा उनको आमाको निधन भएको थियो तथा जेलमै हुँदा एक मात्र पुत्रको पनि निधन भएको थियो। उनी सन्तानविहीन भएर बाँचे। वि.सं. २०४० सालमा जनसङ्ख्याविद् डा. हर्कबहादुर गुरुङको बसाइँसराइसम्बन्धी जनसङ्ख्या प्रतिवेदन चर्चामा आएपछि त्यसको विरोध गर्न उनले आफ्नो मातृपार्टी नेपाली कांग्रेस परित्याग गरे तथा नेपाल सद्भावना परिषद् नामक सामाजिक सङ्गठन खोलेर पर्सा, वीरगञ्जका पुराना मधेशी नेता रामजनम तिवारीलाई त्यसको संयोजक बनाएर गोप्य रूपमा मधेशका बुद्धिजीवीसँग सम्पर्क एवं सहकार्य गर्न थाले। त्यो प्रतिवेदन कार्यान्वयनमा आउन सकेन। २०४३ सालमा उनले तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत)को सदस्यका रूपबाट सप्तरीबाट ठूलो मतसहित विजयी भए। राष्ट्रिय पञ्चायत सदस्यका रूपमा राजसंस्थाको प्रशंसा गरे पनि आफ्नो प्रत्येक भाषणमा मधेशीको समस्यालाई राष्ट्रिय पञ्चायतमा उठाउने गरेका थिए।
सिंहले २०४६ सालको परिवर्तनपछि आफ्नो सामाजिक सङ्गठन नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गरे र त्यसको अध्यक्ष भए। लगातार तीन पटक उनी पार्टीको अध्यक्षका रूपमा निर्विरोध निर्वाचित भएका थिए। उनी बाँचुञ्जेलसम्म नेकपा माओवादीको सशस्त्र सङ्घर्षलाई राजनीतिक समस्याका रूपमा परिभाषित गरेका थिए। त्यतिबेला पनि उनले माओवादी आन्दोलनलाई भोक, गरिबी, बेरोजगारी, अशिक्षा एवं पछौटेपनका कारण उत्पन्न राजनीतिक समस्याका रूपमा विश्लेषण गरेका थिए। माओवादी समस्याको समाधान शान्तिपूर्ण वार्ताको माध्यमबाट मात्रै हुन सक्दछ भन्ने उनको अडान अन्ततः सत्य नै साबित भयो।
दक्षिणी छिमेकी राष्ट्र भारतसँग विशेष सम्बन्धको वकालत गर्ने गरेका सिंहले नेपाल एवं भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अवसरका रूपमा विकसित गर्नुपर्ने वकालत गर्दथे। एक अध्ययनअनुसार नेपालले सन् २०४५ सम्म बिजुली बेचेर प्रतिवर्ष १० खर्ब ६९ अर्ब रुपियाँ कमाउन सक्नेछ। सिंहले दुई दशकअघि नै भनेका थिए कि हामीले आफ्नो जलसम्पदाको सदुपयोग गर्ने हो भने देशको पानीलाई वाटर डलरका
रूपमा विकसित गर्न सकिन्छ। अरब राष्ट्रहरू आफ्नो सम्पदा पेट्रोलियम पदार्थको सदुपयोग गरेर पेट्रो डलर कमाएजस्तै नेपालले पनि वाटर डलर कमाउन सक्ने विश्लेषण उनको थियो।
२०४७ साल वैशाखको पहिलो साता नेपाल सद्भावना पार्टी स्थापना गरेका उनले आफ्नो पार्टीको प्रमुख एजेन्डाका रूपमा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सङ्घीयतालाई अघि सारेका थिए। उनी बाँचुञ्जेलसम्म उपरोक्त राजनीतिक मुद्दाले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन। नेपालजस्तो बहुजातीय, बहुभाषी एवं विभिन्न संस्कृति भएको मुलुकमा सबै जातजाति एवं भाषाभाषीले आफ्नो भाषा एवं संस्कृतिको विकासका निम्ति राजकीय संरक्षण पाउनुपर्ने उनको मान्यता थियो। भाषा एवं संस्कृतिको मान्यताको क्षेत्रमा धेरै हदसम्म काम पनि भएको छ भने भाषा आयोगको प्रतिवेदनपछि भाषा समस्या पनि समाधान हुने ठम्याइ विश्लेषणकको छ। उनले साढे दुई दशकअघि सुरु गरेको समतावादी आन्दोलन अब लक्ष्यसम्म पुग्ने अवस्थामा आइसकेको छ। देशमा सङ्घीयता लागू भइसकेको छ, नागरिकता समस्याको धेरै हदसम्म समाधान भइसकेको छ।
सिंहले ११ वर्षसम्म नेपाल सद्भावना पार्टीको नेतृत्व गरे। उनी बाँचिरहेको अवस्थामा पनि पार्टीकै वरिष्ठ नेता रामजनम तिवारीको नेतृत्वमा वि.संं. २०५० तिर नेसपा (आ)को तथा २०५५ सालमा रामेश्वरराय यादव, राजेन्द्र महतो एवं हृदयेश त्रिपाठीहरू मिलेर समाजवादी जनता दल गठन गरेका थिए तर आफ्नो जीवनकालमै उनले ती सबै पार्टीलाई पुनः नेपाल सद्भावना पार्टीमै विलय गराए। नेकाबाट राजनीतिको थालनी गरेका कारण नेपाली काँग्रेसप्रति उनको खास मोह अन्त्यसम्म थियो ।
उनको निधनपश्चात् देशमा अनेकौँ मधेशवादी दलहरू अस्तित्वमा थिए। उनले खोलेका नेपाल सद्भावना पार्टी अस्तित्वमा रहे पनि उनको निधनपश्चात् अनेकाँै पार्टी मधेशमा खुले तर पाँच वर्षसम्म कुनै पनि मधेशवादी पार्टी एकजुट रहन सकेन। सिंहको निधन हुँदा उनको बैङ्क खातामा साह्रै न्यून रकम थियो। उनले चढ्ने गरेका गाडी पनि अरूकै नाममा दर्ता रहेको कारण त्यो पनि उनको पारिवारिक हुन सकेन। उनको श्राद्ध–भोजको खर्च पनि देशका एक प्रसिद्ध उद्योगपतिले बेहोरेका थिए। वि.सं. २०५१ को मध्यावधि निर्वाचनको खर्च धान्न नसकी उनले आपूm चढ्ने गरेको गाडी पनि बेच्नुपरेको थियो। दुई वर्षपछि मात्रै उनले नयाँ गाडी खरिद गर्न सके। उनले काठमाडौँसहित देशको कुनै पनि बजारमा घरजग्गा खरिद गरेका थिएनन्। राजविराजको सेवा आश्रममा पनि टिनकै छाना थियो। सिंहले आफ्नो पार्टीको अभिवादनको नारा पनि जय मातृभूमि नै रोजेका थिए। स्पष्टतः यो मातृभूमि नेपालको जयकार हो। उनी राष्ट्रप्रति समर्पित थिए। उनका निम्ति राष्ट्र सर्वाेपरि थियो। उनले मधेशी समस्याको समाधान पनि नेपालको भूगोलभित्रै नै खोजेका थिए। उनी मूल्य, मान्यता एवं निष्ठामा आधारित राजनीतिमाथि विश्वास गर्दथे। राजनीतिमा परिवारवादका उनी घोर विरोधी थिए। गजेन्द्रनारायण सिंहको त्याग, समर्पण एवं सैद्धान्तिक प्रतिबद्धता उच्च कोटीको थियो।