• २५ पुस २०८१, बिहिबार

प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन सुरु

blog

काठमाडौं, माघ ७ गते। प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो। 

उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर हुनुहुन्छ भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव रहनुभएको छ। 

रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन हुनुहुन्छ। त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ।