• १३ साउन २०८१, आइतबार

किसानलाई बर्डफ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछः मन्त्री साह

blog

काठमाडौं, माघ ७ गते । कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्त्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।

उहाँले गरिबी समुदायको बालबालिकाहरूको प्रोटिनको कमीका कारण नेपामा ठूलो सङ्ख्यामा कुपोषणको समस्या आइरहेको बताउनुभयो । मन्त्री साहले बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यकता भए पनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरूको सिकार भइरहेको धारणा औँल्याउनुभयो ।

मन्त्री साहले भन्नुभयो, ‘‘पोषक तत्त्व प्रोटिनको उपलब्धता नेपालमा पर्याप्त छैन । गरिबी समुदायको बालबालिकाहरूको प्रोटिनको कमीका कारण नेपामा ठूलो सङ्ख्यामा कुपोषणको समस्या रहेको देखिन्छ । बालबालिकाको उमेरअनुसार समग्र विकासमा समेत सन्तुलित आहारको आवश्यकता हुन्छ । र त्यसैले सबै जनताको पहुँचमा यसको विस्तार गर्न आवश्यक रहेको छ ।’’

मन्त्री साहले कृषि मन्त्रालय खाद्यान्नहरूमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो । उहाँले किसानहरूले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लुबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताउनुभयो । वर्ड फ्लुबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको छ ।

‘‘मन्त्रालय यस्ता खाद्यान्नहरूमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासरत छ तर अहिले पनि दुर्भाग्य देशमा उत्पादन गर्न सकिने खाद्य श्रोतहरूको आयातमा खर्बौँ रुपियाँ विदेशीहरूको छ । अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर रहेको छ ।,’’ मन्त्री साहले भन्नुभयो, ‘‘तर किसानहरू बर्डफ्लु दानाको उचित मूल्य नपाउँदा चिन्तित छन्, वर्ड फ्लुबाट परेको असरलाई कम गर्न साना कृषकलाई लगानी अनुसारको प्रतिफल पाउन सङ्घर्ष गरिरहेको समस्याबाट ग्रस्त छ । वर्ड फ्लुको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ ।’’ मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरू बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताउनु भयो ।