• १३ साउन २०८१, आइतबार

महोत्सवमा १९ नाटक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २ गते । गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा १९ नाटक छनोट भएका छन् । महोत्सवका लागि कुल २९ वटा नाटक प्राप्त भएकामा छनोट समितिले १९ वटा नाटक छनोट गरेको महोत्सव निर्देशक परिवर्तनले बताउनुभयो । 

छनोट भएका नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । ‘विद्यालयमा रङ्गमञ्च : अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल नाराका साथ आयोजित महोत्सवमा प्रदेशका सात जिल्लाका नाटक छानिएका छन् भने कास्कीबाट कुल १३ नाटक छानिएका हुन् ।

महोत्सवमा छनोट भएका नाटकमा ‘यात्रा राजधानीको’, ‘तुलसी’, ‘प्रत्यागमन’, ‘लौ आयो ताजा खबर’, ‘कन्यादान’, ‘छुने नजर’, ‘करेसा कन्सर्ट’, ‘आमाको माया’, ‘दुई देशको भीर गाथा’, ‘समय पीडा’, ‘पश्चात्ताप’, ‘जिउँदा अवशेषहरू’, ‘चित्कार’, ‘परिवर्तनपुर’, ‘मुक्ति’, ‘गुलेली मास्टर’, ‘महिनावारी’, ‘जल्न नसकेको लास’ र ‘जिम्मेवारी’ रहेका छन् । 

कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको थियो । महोत्सव माघ १४ बाट २१ गतेसम्म चल्नेछ ।