• २० असोज २०८१, आइतबार

यातायात कार्यालयमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीकाे निरीक्षण

डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने यातायात मन्त्रीकाे भनाइ

blog

यातायात कार्यालयमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री निरीक्षण गर्नुहुँदै । तस्बिर – मन्त्रीकाे सचिवालय

गाेरखापत्र अनलाइन

काठमाडाैं, पुस १९ गते । उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेपछि पहिलो पटक एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा सो कार्यालय प्रमुखलाई सेवाग्राहीलाई छिटो र छरितो रूपमा सेवा दिन निर्देशन दिनुभयो ।

उहाँले कार्यालय निरीक्षण गरेपछि सोबारे पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरी चाँडै कार्यालयको कामकारबाहीलाई डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने बताउनुभयो ।

उहाँले यातायातको सुधार व्यवस्थापन गर्ने कार्ययोजना ल्याउन सङ्घ र प्रदेश मन्त्रालयको बैठक बस्ने बताउनुभयो । 

‘‘सेवाग्राहीले पीडा पाएका छन्, बिहानदेखि आएर पनि काम भएको छैन, यहीँ आएर पेसा बुझाउन आएका छन्, अहिलेको नयाँ युगमा पनि । यी सबैलाई सम्बोधन गर्न नयाँ सुधार कार्यक्रम ल्याउनुपर्छ ।’’ उहाँले भन्नुभयो, ‘‘ सेवाग्राहीको पीडा पनि देखेँ, कर्मचारीको मनोबल, सम्मान र प्रतिष्ठा उच्च बनाएर जिम्मेवारीबोध गराउन चाहन्छु, सुशासन पहिलो र समयमै काम गर्न गरी कार्ययोजना ल्याउँछौँ ।’’