• १२ असोज २०८१, शनिबार

प्रदेश १ प्रदेश सभाको पहिलो बैठक

दुई अध्यादेश पेश, पुरानै प्रदेश सभा नियमावलीलाई निरन्तरता

blog

प्रदेशको दोश्रो कार्यकाल अन्तरगत प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा सहभागी सांसद। तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, पुस १७ गते।  प्रदेश १ प्रदेश सभाको अधिवेशन आइतबारबाट सुरु भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभामुखको भूमिका निर्वाह गर्दै प्रदेश सभाको बैठक सञ्चालन गर्नुभयो।

 प्रदेश प्रमुख पर्शुराम खापुङले पठाउनुभएको प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुरु भएको बैठकमा प्रदेश सरकारले यसअघि ल्याएको दुई अध्यादेश सदन समक्ष प्रस्तुत गरिएको थियो। 

प्रदेश सरकारले यसअघि ल्याएको प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शत सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७९ संविधानको व्यवस्था बमोजिम संसद अधिवेशनको पहिलो बैठकमा पेश गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताउनुभयो। 

यसैगरी बैठकले प्रदेश सभाको कार्यसूची अनुसार प्रदेश सभा सदस्य भीम पराजुलीले पेश गरी सांसद लिलाबल्लभ अधिकारीले समर्थन गर्नुभएको प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन)लाई स्वीकार गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको थियो। प्रदेश सभाको अर्को बैठक पुस २५ गते बस्ने गरी स्थगित भएको छ।