• १३ साउन २०८१, आइतबार

सीमावासीको समस्या बुझ्न साहित्यिक यात्रा

blog

साहित्यिक यात्राको क्रममा नेपाल–भारत सीमास्तम्भको अवलोकन गर्ने क्रममा साहित्यकारहरु ।

अविनाश चौधरी

धनगढी, पुस १७ गते । कैलालीको सीमावर्ती गाउँवासीका समस्या बुझ्न साहित्यिक यात्रा गरिएको छ । दाङका नीमबहादुर थापा, छविलाल कोपिला, नेपालगञ्जका खगेन्द्र गिरी कोपिला, सुर्खेतका ललित केसी र कैलालीका सागर कुश्मी ‘सङ्गत’ सो यात्रामा भाग लिनुभयो । 

नेपाल–भारत सीमा नजिक बसिरहेका नेपालीको जनजीवनको अवस्था र समस्या बुझ्न सो साहित्यिक यात्रा गरिएको हो । सो समूहले कैलारी गाउँपालिका–७ को हौसलपुर, वडा नम्बर ३ को शिवरत्नपुर र मोहनपुरमा पुगेर स्थानीयका समस्या बुझेको छ  । मोहना नदी पारी तीन वटै गाउँ विकट मानिन्छ । 

मोहना नदी पारिरहेका कारण तीनवटै गाउँ राज्यबाट उपेक्षित छ । एकातिर राज्यको उपेक्षा परेका यी गाउँका बासिन्दा भारतीयको चेपुवामा पनि परेका छन् । तीनै गाउँलाई हरेक वर्ष मोहना नदीले पनि दुःख दिँदै आएको छ । 

यो गाउँका अभिभावक आफ्ना बालबालिकालाई भारतका विद्यालयमा पढाउन बाध्य छन् । विद्यालय नहुँदा हौसलपुरको शिक्षा भारतमा निर्भर छ । साहित्यकारहरूले गीत, गजल, मुक्तकसमेत सुनाइएको सो साहित्यिक यात्राको क्रममा नेपाल–भारत सीमास्तम्भ पनि अवलोकन गरेका थिए ।