• १३ साउन २०८१, आइतबार

मोलुङ हाइड्रोको १५ करोड रुपियाँको विद्युत विक्री

blog

मोलुङ हाईड्रोपावर ।

शेरबहादुर राई

ओखलढुङ्गा, पुस १७ गते । मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाइड्रोपावरले १५ करोड ६० लाख रुपियाँ भन्दा बढीको विद्युत विक्री गरेको छ । मोलङ हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ मा १५ करोड ६० लाख रुपियाँको विद्युत विक्री गरेको हो । 

आयोजनाबाट उत्पादन भएको विद्युत गत आर्थिक वर्षको फागुन महिनादेखि सोलु कोरिडोरका लागि निर्माण गरिएको १३२ के.भी प्रसारण लाईनमार्फत् प्रवाह हुँदा उक्त आम्दानी भएको कम्पनीका अध्यक्ष श्रीराम महर्जनले बताउनुभयो । 

अघिल्लो आर्थिक वर्ष भन्दा ३५ प्रतिशत बढी विद्युुत विक्रीबाट आम्दानी बढेको अध्यक्ष महर्जनको भनाइ छ । उक्त आम्दानीले गत आर्थिक वर्षको बैङ्कको सावा, व्याज, सञ्चालन, मर्मत र प्रशासनिक खर्च भुक्तानी गरी एक करोड ३७ लाख रुपियाँ नगद प्रवाह गरेको कम्पनीले जनाएको छ ।

मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाइड्रोपावरबाट हाल सात मेघाबाट विद्युत उत्पादन भइरहेको छ । कम्पनीले आगामी मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि साधारण शेयर निष्कासन गर्ने जनाएको छ ।