काठमाडौँ, पुस ११ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार प्रधानमन्त्रीमा नियुक्ति भएसँगै थप समसामयिक विषयमा छलफल गर्न बैठक बसेको मुख्यसचिव श्रीराम ढकालले गोरखापत्रलाई जानकारी दिनुभयो ।
८ बजे सुरु भएको बैठकमा वर्तमान अवस्था र मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरू बिच छलफल सुरु भएको ढकालले जानकारी दिनुभयो । आइतबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा राष्ट्रपति समक्ष सरकार निर्माणको दाबी पेस गरेको थियो ।