• १६ भदौ २०८१, आइतबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोटमा सहमति

blog

नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (दायाँ) बालकोटस्थित ओली निवासमा हात मिलाउनु हुँदै ।

काठमाडौं, पुस १० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ ।माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिनुभयो । 

नेता गुरुङले अहिले सो सहमतिपत्र राष्ट्रपति समक्ष बुझाउने तयारी भइरहेको पनि बताउनुभयो । बिहान बसेको सत्ता गठबन्धनको बैठकमा सहमति बन्न नसकेपछि अध्यक्ष प्रचण्डसहितका नेताहरू भक्तपुरस्थित एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । सहमतिअनुसार पहिलो चरणमा अध्यक्ष प्रचण्डलाई साढे दुई वर्ष प्रधानमन्त्री बनाउने र दोस्रो चरणमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइएको छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।