• ८ मंसिर २०८१, शनिबार

देशको खातिर (कविता)

blog

हाम्रो देशको लालीगुँरास अन्त फुल्न दिनुहुन्न

फूलबारी यो बिगार्नेलाई बगैँचा डुल्न दिनुहुन्न ।


बुकी फुल्ने पाखैभरि, फाँटभरि काँस

आफैँ पौरख गरी बाँचौँ नगरौँ अर्काको आस

स्वाभिमानी भई बाँचौँ, हात थापी लिनुहुन्न

फूलबारी यो बिगार्नेलाई बगैँचा डुल्न दिनुहुन्न ।


उन्नति यो देशको खातिर जुट्नु पर्छ सब

कति हात बाँधी बस्ने ढिला भयो अब

जे–जे भयो भइहाल्यो अब बिग्रिनु हुन्न

फूलबारी यो बिगार्नेलाई बगैँचा डुल्न दिनुहुन्न ।


आफ्नै देश नरहेमा कहाँ जन्म्यौँ भन्ने हामी

धर्म सम्झी, कर्म गरी बनाउँ देशलाई नामी 

आफ्नै नदी भई–भई अर्काको पानी पिउनु हुन्न

फूलबारी यो बिगार्नेलाई बगैँचा डुल्न दिनुहुन्न ।