• ५ जेठ २०८१, शनिबार

‘दोहोरी आइडल’ हुने

blog

काठमाडौँ, पुस ९ गते । लोकदोहोरी गीतको रियालिटी सो ‘दोहोरी आइडल’ हुने भएको छ। डीएआर मुभिजले आयोजना गर्ने यस रियालिटी कार्यक्रममा ७७ वटा जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो भएकाले आवेदन दिन सक्नेछन्। नेपालका प्रतिष्ठित ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने आयोजकले जनाएको छ। नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी सो गर्न लागिएको कार्यक्रमका संयोजक अमृत खातीले जानकारी दिनुभयो। 

‘दोहोरी आइडल’का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रोले नगद सात लाख र तेस्रो हुनेले नगद पाँच लाख प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो। ‘दोहोरी आइडल’को छायाङ्कन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिनुभयो।