• १३ साउन २०८१, आइतबार

बृहत्तर नेपाली शब्दकोश लोकार्पण

blog

काठमाडौँ, पुस २ गते । चूडामणि गौतमद्वारा सम्पादित पुस्तक बृहत्तर नेपाली शब्दकोश लोकार्पण गरिएको छ। काठमाडौँस्थित नेपाल बार एसोसिएसनको प्राङ्गणमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले उक्त ग्रन्थ लोकार्पण गर्नुभएको हो। कार्यक्रममा पत्रकार तथा भाषाविज्ञ शरच्चन्द्र वस्ती, अधिवक्ता रामेश्वर राउत ‘मातृदास’, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती, डा. हरिराज भट्टराई, वरिष्ठ अधिवक्ता धु्रव श्रेष्ठ र कोशकार चूडामणि गौतमले पुस्तकमाथि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।