• १० जेठ २०८१, बिहिबार

महान् मिडफिल्डर मोड्रिचको विश्वकप यात्रा अन्त्य!

blog

दोहा, मङ्सिर २९ गते । क्रोएसियाका प्लेमेकर लुका मोडिच फिफा वर्ष खेलाडीमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीले एक दशकदेखि बनाएको दबदबाको अन्त्य गर्ने खेलाडी हुनुहुन्छ। सन् २०१८ मा लुका मोड्रिड फिफा वर्षका सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको थियो। रियल म्याडिडलाई पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि र विश्वकपमा अनपेक्षित रूपमा क्रोएसियालाई फाइनलसम्मको यात्रा गराउन महत्वपूर्ण भूमिका खेलेपछि मोड्रिच सर्वश्रेष्ठ खेलाडी चुनिनुभएको हो।

पछिल्लो संस्करणमा मोड्रिचले विश्वकपकै सर्वश्रेष्ठ खेलाडी भएर गोल्डेन बल पनि जित्नुभयो। यस पटक ३७ वर्षको उमेरमा पनि मोड्रिचले आफ्नो टिमलाई प्रेरित गरेर सेमिफाइनलसम्म पु-याउनुभयो। यस विश्वकपमा रोनाल्डोपछि मोड्रिच सर्वाधिक मन पराइएका ३७ वर्षीय खेलाडी हुनुहुन्छ।

मेसीको प्रेरणामा रहेको अर्जेन्टिनासँग हारेपछि क्रोएसियाको यस पटक लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्ने सपना पूरा हुन सकेन। विश्वकपमा सम्भवतः आफ्नो अन्तिम खेलमा मोड्रिचका लागि पीडादायी पनि रह्यो।

क्रोएसियाको फुटबल इतिहासकै सर्वाधिक सफल र महान् खेलाडी मोड्रिचले अर्जेन्टिनाविरुद्धको महत्वपूर्ण खेलमा आफ्नो छविअनुसार प्रदर्शन गर्न सक्नुभएन। खेलको ८१औँ मिनेटमा उहाँ स्थानापन्न पनि हुनुभयो। त्यसबेला क्रोएसिया तीन गोलले पछाडि परिसकेको थियो। मैदान छोडेलगत्तै माड्रिचको विश्वकपको एक युग पनि समाप्त भएको छ।

मोड्रिचले आफ्नो जर्सी माथि उचालेर अनुहार पुछ्दै मैदान छोड्नुभयो। सो बेला रातो र सेता जर्सीमा सजिएका क्रोएसियाका समर्थक मात्र होइन अर्जेन्टिनाका समर्थकले पनि विश्वकै एक महान् मिडफिल्डरमध्ये एक खेलाडीको पीडा बुझे र लुसैल रङ्गशालामा सबैले उठेर उहाँको सम्मानमा ताली बजाएका थिए। मोड्रिचलाई उहाँको क्षमता र उपलब्धिअनुसार चर्चा नपाएका खेलाडीका रूपमा पनि लिइन्छ। मोड्रिचले रियल म्याड्रिडका लागि पाँच पटक च्याम्पियन्स लिग जित्नुभएको छ। कतार विश्वकपमा पनि उहाँको चमक अलिकति पनि कम भएन। खाली सेमिफाइनलमा मोड्रिच चम्किन सक्नुभएन।

 उहाँले भन्नुभयो, “हामी दोस्रो पटक फाइनल खेल्न चाहन्थ्यौँ। जुन पूरा हुन सकेन। मोड्रिचले अझै सन् २०२४ मा हुने युरोपेली च्याम्पियन्स खेल्ने सम्भावना कायम छ तर अब विश्वकपमा एक खेलाडीको ढोका मोड्रिचका लागि बन्द भयो भन्दा फरक पर्दैन।” एजेन्सी