• ७ पुस २०८१, आइतबार

अल्भारेजको उदय

blog

दोहा, मङ्सिर २९ गते । अर्जेन्टिनाका २२ वर्षीय जुलियन अल्भारेज कतार विश्वकपमा चम्किएका स्ट्राइकर हुनुहुन्छ। यस विश्वकप सुरु हुनुअघि अल्भारेज अर्जेन्टिनाका पहिलो रोजाइका स्ट्राइकर हुनुहुन्थेन। उहाँले समूह चरणको तेस्रो खेलमा मात्र पहिलो रोजाइका फरवार्ड लाउटारो मार्टिनेजको स्थान लिनुभएको हो। 

सेमिफाइनल सकिँदा उहाँको नाममा चार गोल भइसकेको छ। पोल्यान्ड र अस्ट्रेलियाविरुद्ध गोल गरेका अल्भारेजले क्रोएसियाविरुद्धको सेमिफाइनलमा दुई गोल गरेर आफूलाई गोल्डेन बुटको होडमा सामेल गर्नुभयो। गोल्डेन बुटको लडाइँमा अल्भारेजभन्दा अगाडि किलियन एमबापे र लियोनेल मेसी मात्र हुनुहुन्छ।

अल्भारेजको उपस्थितिले अहिले अर्जेन्टिनाको आक्रमण निकै धारिलो दिएको छ। क्रोएसियाविरुद्ध भएको तीनै गोलमा अल्भारेजकै संलग्नता रह्यो। अल्भारेजले दुई गोल गर्नुभयो। जसले उहाँ पेलेपछि विश्वकपको सेमिफाइनलमा दुई गोल गर्ने पहिलो खेलाडी बन्नुभयो। सन् १९५८ मा १७ वर्षीय पेलेले विश्वकप सेमिफाइनलम ह्याट्रिक गर्नुभएको थियो। मेसीले पेनाल्टीमा गरेको पहिलो गोल पनि अल्भारेजकै ठूलो हात थियो। 

अल्भारेजलाई डिबक्समा लडाइएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो। आफ्नो तेज गति र स्ट्राइकरमा हुनुपर्ने गोललाई सुँघ्न सक्ने खुबीका कारण अल्भारेज र मेसीको साझेदारी निकै खतरनाक देखिएको छ। क्रोएसियाविरुद्ध उहाँले मैदानको बीच भागबाट एक्लै बल गोलपोस्टसम्म लगेर गोल गर्नुभएको हो। एजेन्सी