• ७ जेठ २०८१, सोमबार

सम्पत्ति शुद्धीकरण महाशाखा स्थापना हुँदै

blog

काठमाडौँ, मङ्सिर २४ गते । अब नेपाल राष्ट्र बैङ्कमै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने भएको छ । 

राष्ट्र बैङ्कले शुक्रबार सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जनाएको हो । महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुने राष्ट्र बैङ्कले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैङ्कभित्र अलग्गै विशिष्टीकृत सुपरिवेक्षकीय संरचनाका रूपमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।