• ११ असोज २०८१, शुक्रबार

महाभेला आयोजना

blog

काठमाडौँ, मङ्सिर २२ गते । ‘न्याय सम्मान र मर्यादित रोजगार, हामी सबैको सहकार्य’ भन्ने मूल नाराका साथ चौधौँ मानव अधिकार महाभेला आयोजना गरिने भएको छ । 

यही मङ्सिर २२ देखि २८ सम्म काठमाडौँमा सञ्चालन गरिने महाभेलाको उद्देश्य राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउनु रहेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । 

मानव अधिकार महाभेलामा विश्वव्यापापी रूपमा फैलिएको कोभिड–१९ को महामारीबाट नेपालसहित विश्वका धेरै मुलुक प्रभावित हुँदा आर्थिक र सामाजिक असन्तुलनले धेरै नेपालीको रोजगारी गुुमेर समस्यामा परेकाले त्यसको समाधानमा भएको प्रयासका बारेमा सरोकारसँग छलफल गरिने जानकारी दिइयो ।