• १३ साउन २०८१, आइतबार

बालबालिकाका लागि ‘यःमरी पुन्हि सप्ताह’

blog

ललितपुर, मङ्सिर २२ गते । मीठो परिकार यःमरी र यःमरी पुन्हि (पूर्णिमा)बारे चित्रकलाको माध्यमबाट बुझाउन मङ्सिर १५ गतेदेखि ‘यःमरी पुन्हि सप्ताह’को आयोजना गरिएको छ । उक्त कार्यक्रम यःमरी पुन्हिको दिन २२ गते समापन हुनेछ । 

ललितपुर चाकुपाटमा कलाकार सरिता डङ्गोलले साताको दुई दिन शनिबार र आइतबार बालबालिकालाई चित्रकलाबारे प्राथमिक ज्ञान दिन सीसीएस कक्षा सञ्चालन गर्दै आउनुभएको छ । 

यःमरी मैजु समूहसँग सहकार्य गरेर सीसीएस कक्षाले चित्रकला प्रशिक्षणमा सहभागी बालबालिकालाई यःमरीको चित्र बनाउने, यःमरीबारे गीत गाउने र यस परिकार खाने पर्व यःमरी पूर्णिमाको सांस्कृतिक महत्वबारे जानकारी गराइएको छ ।