• ११ असोज २०८१, शुक्रबार

नेप्से परिसूचक १६.६१ अङ्कले घट्यो

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर २१ गते। पछिल्लो समय नेप्से परिसूचक निरन्तर रूपमा ओरालो लागेको छ। 

बुधबार नेप्से परिसूचक १६.६१ अङ्क घटेर १९१७.२८ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४४ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अङ्क घटेको छ।

बुधबार कारोबारमा आएका २४६ कम्पनीको ८० लाख ९२ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकसँगै पछिल्लो समय कारोबार रकमसमेत ओरालो लाग्दै गएको छ। 

नेप्सेका १३ उपसमूहमध्ये बुधबार होटल तथा पर्यटन उपसमूहको परिसूचकबाहेक अरू सबै उपसमूहको परिसूचक घटेका छन्। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०१ प्रतिशत बढेको छ। त्यस्तै बैङ्किङ, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। 

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि खप्तड लघुवित्तको शेयर मूल्य ६.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य पाँच प्रतिशतभन्दा बढी बढेको छ भने ग्रीन भेन्चर्सको शेयर मूल्य करिब साढे ४ प्रतिशत बढेको छ। 

कारोबारमा आएको नाडेप लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सानिमा बैङ्कको ६७ करोड दुई लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।