• १२ असोज २०८१, शनिबार

मध्य पहाडी राजमार्गमा कालोपत्रे सुरु

blog

कालोपत्रेका लागि अलकत्रा स्प्रे(भैरवी गाउँपालिका ३ स्थित पोख्रा गाउँ,सहिद गेट क्षेत्र । तस्बिर: विशाल सुनार

विशाल सुनार

दुल्लु, मङ्सिर १८ गते । पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तरगत दैलेखको पश्चिम क्षेत्रमा रहेको भैरवी खण्ड कालो पत्रे सुरु भएको छ । सडकको स्तरीकरण सुरु भए सँगै लामो समयदेखि कच्चीबाटमा असहज यात्रा गर्नु पर्ने बाध्यता हटेको छ । 

भैरवी गाउँपालिका ३ चकत्राबजार देखि भैरवी गाउँपालिका १ स्थित भिर खेत सम्मको ९.५ किलोमिटर खण्ड कालोपत्रे सुरु गरेको हो । आर्थिक वर्ष ०७६–०७७ मा टेन्डर आह्वान गरी निर्माण सुरु गरिएको थियो । कुल २७ करोड ७९ लाख बजेटमा निर्माण गर्ने गरी निर्माण कम्पनी र आयोजना कार्यालय बिच ०७७ श्रवण २९ गते आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर निर्माण समय समाप्त भई सक्दा भर्खर काम सुरु भएको छ । 

आर्थिक वर्ष ०७९–८० मा जिल्लाको ८० प्रतिशत कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ भने यसै वर्षमा दैलेखको कुल १२४ किमी पुरै काम सम्पन्न हुने जनाएको छ ।