• १२ असोज २०८१, शनिबार

प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : नेता गुरुङ

blog

प्रेस चौतारी नेपालले आयोजना गरेको बधाई कार्यक्रमलाई संबोधन गर्नु हुदै नेकपा (एमाले) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १६ गते । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले देशमा प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने जिम्मेवारी आएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले शुक्रबार यहाँ आयोजना गरेको बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचनमा एमालेले लोकप्रिय मतमा अगाडि रहेको बताउनुहुँदै त्यसको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । 

लमजुङबाट भर्खरै निर्वाचित सांसद गुरुङले भन्नुभयो, “समाजवादी शक्तिबीचको एकता जोड्ने काम हामीले गर्नुपर्छ । हामीले प्राप्त गरेको उपलब्धि रक्षा गर्ने जिम्मा हाम्रो काँधमा छ । आजको अभिभारा पूरा गर्नुपर्छ ।” 

निर्वाचनले चाहिने जति शक्ति आर्जन गर्न नसकेको भन्नुहुँदै कमी, कमजोरी सच्याएर आत्मालोचना भई अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । समानुपातिकतर्फ एमाले अग्रस्थानमा रहकाले सरकारमा जाने सम्भावना रहेको पनि उहाँले चर्चा गर्नुभयो । सो अवसरमा प्रेस चौतारी नेपालका पदाधिकारी तथा अन्य पत्रकारले नवनिर्वाचित गुरुङलाई फूलमालाले बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।